logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • उच्च अदालत पोखरा पुगे रवि लामिछाने, साधारण तारेखमा छाड्नुपर्ने माग

    उच्च अदालत पोखरा पुगे रवि लामिछाने, साधारण तारेखमा छाड्नुपर्ने माग

    पाेखबरा , हेरालाे खबर

    रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका छन् ।

    कास्की अदालतले गत पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा धरौटी माग गरेकोविरुद्ध उनले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका हुन् ।

    लामिछानेले साधारण तारेखमा बसी मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । अहिले दर्ताको प्रक्रिया चलिरहेको रास्वपाका एक नेताले जानकारी दिए ।

    सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको थियो ।

    उनी बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटी रिहा भएर आइतबार राति नै पोखरा लागेका थिए ।

     



    Heralo Reporter Heralo Reporter    
  • १४ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP