logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • तनहूँ दुर्घटना [अपडेट]: मृतक दुई जना आमाछोरा

    तनहूँ दुर्घटना [अपडेट]: मृतक दुई जना आमाछोरा

    तनहुँ , हेरालाे खबर

    तनहुँको बेलभन्ज्याङमा बिहान भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने आमा छोरा रहेको खुलेको छ ।

    दमौलीबाट डुम्रेतर्फ गइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटनामा परेको थियो ।

    मृत्यु हुनेमा रिसिङ गाउँपालिका वडा नं. ६, चालिसे घर भई व्यास नगरपालिका ५ पाटन बस्ने वर्ष १९ का मोटरसाइकल चालक सन्दीप आले र मोटरसाइकल पछाडि सवार उनकी आमा वर्ष ४० कि मधुमाया आले रहेको प्रहरीले जानकारी दिएको छ ।

    मोटरसाइकल दुईवटा साना पुलको बीचमा खस्न पुगेको थियो । चालकले नियन्त्रण गुमाउँदा बायाँ साइडतर्फ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।



    Heralo Reporter Heralo Reporter    
  • ८ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP