पर्वत , हेरालाे खबर
ग्रासरुट क्रिकेटको विकास अब खेल्ने छ पर्वत भन्ने नाराका साथ पर्वत क्रिकेट संघ द्वारा आयोजित पर्वत जिल्ला इन्टर स्कुल टिटन्टी क्रिकेट प्रतियोगिता को फाइनल खेलमा नारायण माविले मंगलदोय लाई १० विकेटले जित्दै उपाधि चुम्न सफल भएको। सशस्त्र प्रहरीको खेलमैदानम सम्पन्न भयाे।
फाइनलमा पहिला टस जित्दै नारायण मावीले फिल्डिङ गर्ने निर्णय गरेको थियो। टस हारेर ब्याटिङमा उत्रेको हो। मंगलदोयले २० ओभर खेल्दै १० विकेट गुमाएर जम्मा ५९ रन बनाउन सफल भएको थियो। मंगलदोयका सौगात गिरीले २२ बलमा १६ रन जोड्दा अन्य खेलाडीहरूले दोहोरो अङ्क भने सफल भएनन् । बलिङतर्फ नारायण माविका कप्तान विपिन क्षेत्रीले ३ , आकल्पा श्रेष्ठ, सचिन गिरी , अर्पित गिरी र कुशल पौडेलले सामान एकएक विकेट लिन सफल भएका थिए।
६० रनको लक्ष्य पछ्याउने क्रममा नारायणबाविले १०.५ ओभर खेल्दै विकेट लक्ष्य हासिल गर्न सफल भएको थियो। ६० रनको लक्ष्य पछ्याउने क्रममा नारायणबाविका उपनर सचिन गिरीले ३२ बलमा ३४ र दिपेश क्षेत्रीले ३४ बलमा २१ रन जोड्दै जित निकालेका हुन्।
ब्याटिङमा ३४ र बलिङमा एक विकेट लिएका सचिनगिरी म्यान अफ द म्याच घोषित भएका छन्। त्यसैगरी प्रतियोगिताभरि १० विकेट लिने नारायणमावीका आकल्प श्रेष्ठ उत्कृष्ट बलर, प्रतियोगिता भरि २५१ रन जोड्दै नारायण माविका सचिनगिरी उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
पर्वत क्रिकेट सङ्घको आयोजनामा आयोजित उक्त प्रतियोगितामा जिल्लाका विभिन्न ११ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए।
प्रथम हुने नारायण माविले ट्रफी मेडल र प्रमाणपत्र
दोस्रो हुने मंगलदोय मा वि ले ट्रफी मेडललाई प्रमाणपत्र , उत्कृष्ट ब्याट्सम्यान उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीले पनि ट्रफी र प्रमाणपत्र प्राप्त
गरेका छन्।
पर्वत जिल्लाको ग्रासरुट क्रिकेटको विकास , नेस्नल स्कुल च्याम्पियनसिप र जिल्ला यु -१६ टिम को लागि यस प्रतियोगिताले उल्लेखनीय योगदान हुने पर्वत क्रिकेट सङ्घको अवधारणा रहेको छ।
प्रतिक्रिया