logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • नारायण मा वि र आइबल एकेडेमीको विजय 

    नारायण मा वि र आइबल एकेडेमीको विजय 

    पाेखरा , हेरालाे खबर

    ग्रासरुट क्रिकेटको विकास “अब खेल्ने छ पर्वत” भन्ने मूल नाराका साथ पर्वत  क्रिकेट संघ द्वारा आज देखि  आयोजना भइरहेको उद्घाटन खेलमा नारायण मामी कुस्माले राष्ट्रिय बाल शिक्षा सदन कुस्मालाई १७१ रनले जित निकाल्न सफल भएको छ। टस हारेर पहिलो ब्याटिङ गर्न उत्रेको नारायण मा विका लागि ओपनर सचिन गिरीले नटआउट १२७ को सत्य पारी खेलेका थिए। ८३ बलको सामना गरेका गिरीले २० चौका र दुई छक्काको मद्दतले १२७ रनको योगदान गरे। त्यसैगरी दिपेश क्षेत्रीले १९ रनको योगदान पुर्‍याउँदा निर्धारित २० ओभरमा पाँच विकेट घुमाउँदै २१० बनाउन सफल भएको थियो । बलिङतर्फ राष्ट्रिय बाल शिक्षा सदनका रोहित परियारले २ , अनुष बिक , आयुष ज्ञवाली, संगम क्षेत्रीले समान १-१ विकेट लिन सफल भएका थिए।

    २११ रनको लक्ष्य पछ्याउने क्रममा राष्ट्रिय बाल ३९ मा समेटिन पुग्यो ।राष्ट्रियबाललाई सस्तैमा समेट्ने क्रममा नारायण माविका आकल्प श्रेष्ठले ४ , कप्तान विपिन क्षेत्रीले ३ र अर्पित गिरीले एक विकेट लिन सफल भएका थिए।

    सतकीय पारी खेलेका नारायणमाविका ओपनर ब्याट्सम्यान सचिन गिरी डाइमण्ड जेनरल स्टोर्स म्यान अफ द म्याच घोषित भएका छन्।त्यसैगरी सम्पन्न भएको दोस्रो खेलमा आइबल एकेडेमीले नवजागृत मावि माथि ६ विकेटको जित निकाल्न सफल भएको छ।  टस हारेर पहिलो ब्याटिङ गरेको नवजागृतले ११.२ ओभर खेल्दै जम्मा ३३ रन मा समेटियो।

    नवजागृतलाई सस्तैमा समेट्ने  क्रममा आइबल एकेडेमीका कप्तान प्रदिप अधिकारीले ३ ओभरमा १४ रन दिएर पाँच विकेट लिन सफल भएका थिए भने आयुष अधिकारीले ३ विकेट लिन सफल भएका थिए।

    ३४ रनको रहन पछ्याउने क्रममा आइबल एकेडमीले १३ खबर खेल्दै चार विकेट लक्ष्य हासिल गरेको थियो। नवजागृतको लागि सुदीप शर्माले दुई र प्रदिक क्षेत्री दिवस लामिछानेले समान एकएक विकेट लिन सफल भएका थिए।

    पाँच विकेट लिएका आइबल एकेडेमीका कप्तान प्रदिप अधिकारी डाइमण्ड जेनरल स्टोर म्यान अफ द म्याच घोषित भएका छन्।

    पर्वत क्रिकेट संघ आयोजनामा पाँच दिनसम्म चल्ने पर्वत जिल्ला इन्टर स्कुल टिट्वान्टी क्रिकेट प्रतियोगितामा पर्व त भरिका ११ वटा स्कुलहरुले सहभागिता जनाएका छन्। उक्त प्रतियोगितामा प्रथम हुनेले ट्रफी मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    नकआउट चरणमा खेलाइने प्रतियोगितामा भोलि बिहान गुरुकुल एकेडेमी र माटेदेबल र दोस्रो खेल हुने कुरा पर्बत क्रिकेट संघका सचिब दिपेन्द्र शर्मा लामिछाने ले जानकारी दिनु भयो।



    Heralo Reporter Heralo Reporter    
  • १६ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP