logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • झापा इन्डो-नेपाल टि ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

    • Heralo Reporter Heralo Reporter
    • २४ फाल्गुन २०८१ शनिबार
    झापा इन्डो-नेपाल टि ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

    हेरालाे खबर

    झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब बिर्तामोड सेमिफाइनल प्रवेश गरेको छ ।

    सरस्वती माविको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको थियोे ।

    भद्रपुरका लागि सुमिरन राईले ११ बलमा २२ रन बनाए । त्यस्तै, मनिष कर्माकारले ७ बलमा १८ तथा विष्णु कामतीले १२ बलमा १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा भद्रपुर कम स्कोरमै समेटिएको थियोे ।

    झापाका लागि विक्रम यादवले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, प्रविण राईले २ , अर्पण कोइराला, दिपेन राजवंशी र सुविन राईले समान १ विकेट लिए ।

    ७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा झापाले ११.२ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
    झापाका लागि एलिस मण्डलले १८ बलमा २८ रन बनाए । अनुप श्रेष्ठले २८ बलमा २६ रन तथा विशाल पौडेलले ३ बलमा १३ रन जोडे ।

    भद्रपुरका अर्जुन यादवले २ तथा दिपेश कामतीले १ विकेट लिए । झापाका विक्रम यादव प्लेयर अफ दि म्याच घोषित भए र उनले १ हजार रुपैयाँ प्राप्त गरे।
    प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ ।

    प्रतियोगिताको विजेता टोलीले ५० हजार र दोस्रो टोलीले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
    प्रतियोगिताको मुख्य उद्देश्य बाहुनडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुनडाँगी युवा क्लबले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २४ फाल्गुन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP