२१ माघ, हेरालाे खबर, कैलाली । कैलाली जिल्लाको जोशिपुर गाउँपालिका वडा न. ३ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोशिपुरले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ। जोशिपुर शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय जोशिपुरका शाखा प्रबन्धक नन्दकला धमाला ले जानकारी दिनु भ्यो।
उक्त गाउँपालिकामा वडा न. १, २, ३, ६, ७ का करिब ६४६ घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित शाखा कार्यालय जोशिपुरले कैलाली जिल्ला को जोशिपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, लम्की चुहा नगरपालिका, भजनी नगरपालिका र टिकापुर नगरपालिकामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ । गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा नं. ८ न्युरोड कास्कीमा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।
प्रतिक्रिया