logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • सराङकोट महायज्ञमा ५५ लाख बढी संकलन

    • Heralo Reporter Heralo Reporter
    • १५ फाल्गुन २०८१ बिहीबार
    सराङकोट महायज्ञमा ५५ लाख बढी संकलन

    श्रीभद्र पौडेल
    हेरालाे खबर , सराङकोट, १५ फागुन ।बुधबारदेखि सराङकोटमा सुरु श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको दोस्रो दिन बिहीबारसम्म ५५ लाख बढी दान संकलन भएको छ।उद्घाटनको दिन बुधबार अन्नपूर्ण केवलकार अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसी परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको थियो ।

    त्यस्तै दोस्रो दिन बिहीबार गरिमा विकास बैकबाट रु.७ लाख, पोखरा १ वगर निवासी रामबहादुर गुरुङ परिवारबाट १ लाख, कास्कीकोट निवासी रुद्रप्रसाद अधिकारी परिवारबाट ५० हजार ५ सय ५५ तथा अन्य दाताको गरी १० लाख बढी सहयोग संकलन भएको महायज्ञका कोषाध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए ।
    दाता आउने क्रम जारी छ, अवश्य पनि हामी हाम्रो लक्ष्यमा पुग्छौं नै, सराङकोट भनेपछि जो कोहीको पनि मन पलाउछ कोषाध्यक्ष कोइरालाले भने।


    बिहीबार भागवत् वाचन गर्दै भागवत् भाष्कर प. कमलनयन गौतमले सेवा नै धर्म भएको उल्लेख गर्दै मानिसले परोपकारी कार्य गर्नुपर्ने जनाए ।उनले सराङकोट विश्व वजारमा परिचित स्थान रहेको स्पष्ट पार्दै सराङकोट टपको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको औँल्याए ।त्यस अवसरमा झाँकी सहित संगीतमय प्रवचन गरियो ।
    वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले उत्सव समग्र पोखरेलीको चाड भएको भनाई राख्र्दै सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्ने स्पष्ट पारे ।सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्दै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गरे।
    महाउत्सव अन्र्तगत यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम छ ।


    सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।
    महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन गरिनेछ ।सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको प्रसारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • १५ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP