logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • भारतलाई हराउँदै अस्ट्रेलिया डब्लुटिसी फाइनलमा

    भारतलाई हराउँदै अस्ट्रेलिया डब्लुटिसी फाइनलमा

    हेरालाे खबर

    एजेन्सी – पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ ।

    तीन दिनमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ ।

    १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ४१ रन जोडे ।

    बेयु वेबस्टर र ट्राभिस हेड नट आउट रहे । बेयुले ३९ तथा हेडले ३४ रन जोडे । साम कन्स्टास २२ तथा स्टिभ स्मिथ ४ रनमा आउट भए ।

    भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको‌ थियो। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो।

    अस्ट्रेलियाले यो जितसँगै बोर्डर गावास्कर ट्रफी ३-१ ले आफ्नो पक्षमा पार्दै डब्लुटिसीको फाइनल पुगेको हो। हारपछि भारत डब्लुटिसीको फाइनल दौडबाट बाहिरिएको छ ।

    पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २१ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP