logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • एनपीएलमा पोखराको जीत, प्लेअपको सम्भावना कायमै

    • Heralo Reporter Heralo Reporter
    • २७ मंसिर २०८१ बिहीबार
    एनपीएलमा पोखराको जीत, प्लेअपको सम्भावना कायमै

    पोखरा , हेरालाे खबर

    नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा रहनका लागि निर्क महत्वपूर्ण मानिएको खेलमा पोखरा एभेञ्जर्सले जित हासिल गरेको छ ।

    आज भएको पहिलो सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको हो ।

    २०औँ खेलमा जितका लागि १९ रन पछ्याएको विराटनगरले ५ रन मात्र बनायो । पोखराका लागि बलिङ गर्न आएका रेमन राइफर खेलमा नायक बने ।

    यसअघि, सुपर ओभरमा विराटनगरका लागि कप्तान सन्दीप लामिछाने पहिले बलिङ गर्न आएका थिए ।

    उनको पहिलो दुई बलमा पोखराका रेमन राइफरले दुई छक्का प्रहार गरे भने चौथो बलमा चौका हिर्काएका थिए । पोखराले सुपर ओभरमा १८ रन जोडेको थियो ।

    यसअघि निर्धारित ओभरको खेल बराबरीमा टुंगिएको थियो । एक सय ४० लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन बनायो ।

    यो जीतसँगै पोखराले पाँच खेलमा दुई खेल जित्न सफल भएको छ । पोखराले यसअघिको खेलमा लुम्विनीलाई १० विकेटले हराएको थियो ।

    पोखरा जनकपुरसँग ७, चितवनसँग ८७ रन तथा कर्णालीसँग ७ विकेटले पराजित भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २७ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP