पाेखरा, हेरालाे खबर
नेपाल कम्युनिष्ट पार्टी(एमाले) वडा कमिटी -५ को आयोजना मा पार्टी को जनसंगठन अखिल नेपाल किसान महासंघ पोखरा महानगरपालिका वडा कमिटी -५ को प्रथम अधिवेशन सम्पन्न भएको छ।
वडा नं -५ का किसानहरु को उल्लेखनीय उपस्थिती रहेको त्यस भेलाले क. बसन्त प्रसाद श्रेष्ठ को नेतृत्वमा १३ सदस्यीय अखिल नेपाल किसान महासंघ वडा कमिटी -५ गठन गरेको छ ।
नेपाल किसान महासंघ सम्पूर्ण श्रमजिवी नेपाली किसानहरूको हकहित र अधिकारका लागि एक संगठित आवाज उठाउने नेतृत्वदायी संगठन हो । यस कार्यका लागि महासंघ आफ्नो स्थापनाकालदेखि नै संघर्षरत रहेको छ । महासंघ नेपाली किसानहरूको प्रतिनिधित्व गर्ने बिभिन्न २२ वटा विषयगत उत्पादन, सामुदायिक र वर्गीय किसान संघहरूकोे साझा छाता संगठन हो । नेकपा(एमाले) वडा कमीटी -५ का अध्यक्ष कमरेड लक्ष्मण बराल को अध्यक्षता मा भएको सो कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमीटी का सदस्य एवं पोखरा महानगर कमिटी ईन्चार्ज क.दिलिप बिक्रम शाहि को प्रमुखको आतिथि रहनु भएको थियो ।
कास्कि जिल्ला,पोखरा महानगरपालिका को वडा नं -५ केहि बर्ष अगाडी कृषक र कृषि योग्य जमिन ले चिनिन्थ्यो तर केहि बर्ष यता वाट भुखण्डिकरण अर्थात प्लटिङ ले कृषि योग्य जमिन मासिदै गएको परिपेक्षमा बाकि रहेका जमिन को उचित र बैज्ञानिक प्रयोग कसरि गर्ने र त्यसबाट कृषक को जिवनस्तर कसरि माथि उठाउने भन्ने विषय पनि गौण र सोचनिय विषय रहेको र अहिले पनि वडा नं -५ मा उव्जनि गरेको तरकारि ले उचित बजार र मुल्य नपाउनु बिडम्बनापूर्ण कुरा रहेको कुरा वडा कमिटी-५ का अध्यक्ष क.लक्ष्मण बराल ले राख्नु भयो ।
त्यस्तै गरि प्रमुख अतिथी गण्डकी प्रदेश कमीटी का सचिवालय सदस्य एवं पोखरा महानगर कमिटी इन्चार्ज कमरेड दिलिप बिक्रम शाही, जिल्ला कमिटि सदस्य एवं वडा नं -५ का कृषि सन्जाल अध्यक्ष कमरेड उज्वल खत्री, महानगर कमिटी सदस्य एवं अखिल नेपाल किसान महासंघ पोखरा महानगर कमिटी अध्यक्ष क.झलक बराल लगायतका वक्ताहरुले आफ्नो भनाइ राख्नुभएको उक्त अधिवेशन कार्यक्रम मा नवगठित कमिटी का अध्यक्ष एवं पदाधिकारी लाइ पद तथा गोपनियताको सपथग्रहण अखिल नेपाल किसान महासंघ कास्की जिल्ला अध्यक्ष देवेन्द्रराज शर्माले र अविर प्रदेश कमीटी सदस्य क.अन्जु केसि ले लगाइदिनुभएको थियो।
उक्त अधिवेशन कार्यक्रम मा वडा नंवर -५ बाट प्रदेश , जिल्ला र महानगर कमिटी मा प्रतिनिधित्व गर्ने कमरेडहरु, वडा नं -५ का जनप्रतिनिधि ज्युहरु, अखिल नेपाल किसान महासंघ कास्की जिल्ला कमिटि अध्यक्ष देवेन्द्रराज शर्मा , महानगर कमिटी का अध्यक्ष क.झलक बराल एवं नेकपा एमाले वडा कमिटी ५ का कमरेडहरु को बाक्लो उपस्थिती रहेको थियो।
प्रतिक्रिया