logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • ७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

    ७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

    हेरालाे खबर

    एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ।

    वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो ।

    ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई हेडरमा गोल गरे।

    ५२औँ मिनेटमा इसाकले ज्याकब मर्फी को पासलाई उत्कृष्ट फिनिस गर्दै न्युक्यासलको अग्रता दोब्बर बनाए ।

    गत साता च्याम्पियन्स लिगबाट पेरिस सेन्ट-जर्मेन सँग पेनाल्टी सुटआउटमा पराजित भएको लिभरपुलका लागि इन्ज्युरी समयमा फेडेरिको चिएसाले गोल फर्काए । तर त्यति बेलासम्म खेलमा फर्कन ढिला भइसकेको थियो ।

    न्युक्यासल अग्रता जोगाउँदै १९६९ को इन्टर-सिटिज फेअर्स कप पछि पहिलो ठूलो उपाधि जित्न सफल भयो। साथै १९५५ को एफए कप पछि पहिलो घरेलु सफलता हासिल गर्‍यो।



    Heralo Reporter Heralo Reporter    
  • ४ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP