logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • साहित्य शृङ्खला पोखराको २६८औं शृङ्खला शनिबार गीत,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित विशिष्ट साहित्यकारहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न

    साहित्य शृङ्खला पोखराको २६८औं शृङ्खला शनिबार  गीत,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित विशिष्ट साहित्यकारहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न

    पाेखरा , हेरालाे खबर

    साहित्य शृङ्खला पोखराको २६८औं शृङ्खला २०८१ माघ ५ गते शनिवारका दिन पश्चिमान्चल मा बि ,गैह्रापाटन पोखराको सभाहलमा गीत,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित विशिष्ट साहित्यकारहरुको उपस्थितिमा भब्य रुपमा सम्पन्न भयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै शृङ्खलाका पुर्व अध्यक्ष यादब राज उपाध्यायले शृङ्खलालाई मजबुत बनाउनका लागि सङ्गीत कलाका साथ साहित्यलाई निरन्तरता दिदै जानू पर्ने ,आलोक शृङ्खलालाइ त्रैमासिक रुपमा प्रकाशन गर्न आफुले सकेको सहयोग गर्ने उद्घोषका साथ शृङ्खलाको अधिबेशन,प्र ले स कास्की,गण्डकीको सम्मेलन हुन गै रहेकोमा सबै सचेत साहित्यिक स्रस्टाहरुको उपस्थितिमा महाधिबेशन,सम्मेलनलाई सफल पार्नको लागि समेत अनुरोध गर्दै महत्वपुर्ण भनाइहरु राख्नु भएको थियो।

    पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपती जनगायक पद्धमराज ढकालले आफू अन्य कार्यक्रममा उपस्थित जनाएर शृङखलाको कार्यक्रमलाई महत्व दिदै शृङ्खला लाई अझै माथी उचाइमा पुर्याउनु पर्ने कुरामा जोड दिदै सारगर्वित मन्तब्यका साथ  कालजयी गित ” नेपाली हौं हामी हजुर”बोलको गित गाउदा हल गुन्जयमान भएको थियो।
    कार्यक्रममा गितान्जली साहित्य परिवारका वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल अल्पायुले आजभोली के देख्नु परेको -जिउदो गरिव छ आज मरेको”गिति लयमा बाचन गर्नुभयो। गिता तिवारीले लाज शिर्षकमा “बिदेशी भूमिमा जाउ युवा भन्दै सवैभन्दा धेरै मान्छे ,युवा वेच्ने म्यानपावरलाई सरकारले कार्वाही गर्नुको साटो झन पुरस्कृत गरिरहेकोमा दुख ब्यक्त गर्दै ब्यङ्ग्य समेत गर्नु भएको थियो।

    कहिले गित,कहिले छन्द कबिता,कहिले मुक्तक लिएर नियमित रुपमा उपस्थित हुने स्रस्टा छबिलाल आचार्यले यसपटक भने जनपक्षिय गजल सुनाउनु भयो।

    छवि सुवेदी बिजयीले याराघाराको स्थानिय भाषामा लेखिएको जनजाती सम्बन्धी कबिता प्रस्तुत गर्नु भएको थियो।  आफू कलेज पढदा गाउदै हिडेको सन्दर्भ कोट्याउदै लमजुङको भाकामा लोकगित प्रस्तुत गर्नु भएको थियो। वरिष्ठ कलाकार यादब चन्द्र भुर्तेलले सत्य घटनामा आधारित कथा प्रस्तुत गर्नु भयो।

    कार्यक्रममा संस्थापक अध्यक्ष स्ट्रगल रानाले “हाम्रो बस्तिमा जस्तै यो ” गित सुनाउनु भएको थियो भने आजिवन सदस्य लक्ष्मी प्रसाद पौडेल,गायिका एबम साहित्यकार चन्द्रावती वाग्ले लगायत झन्डै डेढ दर्जन स्रस्टाहरुले कबिता ,मुक्तक,गित,कथा सुनाएका थिए।अगामी कार्यक्रम फागुन महिनाको पहिलो शनिवार ३ गते  शृङ्खलाको अधिबेशन सहित नियमित रचनावाचनको कार्यक्रम हुने कुरा सो अवसरमा काजी गाउँलेले बताएका थिए।

    बिकास लुङ्गेलीले उपस्थित स्रस्टाहरुलाई यहि हो हाम्रो साहित्य शृङ्खला गित मार्फत स्वागत गर्दै कार्यक्रमको दैलो उघारिएको थियो।

    “सच्चा किसान भोकैले मर्छन-अल्छी धुर्त बसेरै मोज गर्छन”  कर्खा लयमा लक्षम्ण गौतम हिमालीको शब्द रचनामा भएको   गितले आम नेपाली किसानहरुको पीडा ब्यथा झल्काएको थियो,
    कार्यक्रमको अध्यक्षता संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम हिमालीले गर्नु भएको थियो भने सन्चालन काजी गाउँलेले गरेका थिए।



    Heralo Reporter Heralo Reporter    
  • ६ माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP