logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • लामाचौर भलिबलमा एपिएफको दोहोरो जित

    लामाचौर भलिबलमा एपिएफको दोहोरो जित

    पोखरा (हाम्रो खेलकुद)- पोखराको‌ लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलवार सुरु भएको छ ।

    पहिलो दिन एपिएफ क्लबले‌ दुवैतर्फ जित निकाल्दा टिपटप न्युु डायमण्ड क्लब र नेपाल पुलिस क्लबले पनि‌ सफलता हासिल गरेका छन् ।

    महिलातर्फ गण्डकीलाई‌ हराएको एपिएफले‌ पुरुषतर्फ ट्राभल इन्क्वाइरी गलकोटलाई समान ३–१ को सेटमा हराएको थियो।

    महिलातर्फ एपिएफले पहिलो सेट र दोस्रो सेटमा समान २५-१४ को जित निकाल्दै २-० को अग्रता बनायो। तेस्रो सेटमा एक समय १३-२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९-२० को स्थितिमा बनायो।

    एपिएफले खेल २४-२४ को बराबरीमा पुुर्याएपनि त्यो सेट गण्डकीले २६-२४ ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफले २५- १३ को सेटमा आफ्नो पक्षमा‌ पार्दै खेल‌ जितेको थियो।

    अर्को खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई ३-० को सोझो सेटमा हराएको थियो ।  पहिलो सेटमा २५-१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेट २५-१२ र तेस्रो  २५-१७ को सहज जित निकाल्न सफल भएको थियो।

    पुुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई पहिलो सेट २५-१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५-२७ ले गुमाएको थियो। तेस्रो सेटमा खेलमा फर्किएको एपिएफले २५-१६ र चौथो सेटमा २६-२४ आफ्नो पक्षमा‌ पार्दै खेल जितेको थियो ।

    दिनको अन्तिम खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० सोझो सेटमा हराएको थियो। पहिलो सेट २५-१७ ले जितेको पुलिसले दोस्रो सेटमा २५-२१ ले आफ्नो पक्षमा‌ परेको थियो ।

    प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसलाई जित निकाल्न कडा चुनौतीको सामना गर्नुपरेको थियो। खेलमा फर्कने प्रयास गरेपनि गण्डकीमाथि पुलिसले ३०-२८ को जित पहिलो खेलमा‌ सफलता हासिल गरेको थियो।

    राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवैतर्फ समान ४ टोली छन्। नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको महिलातर्फको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण हो ।

    महिला तर्फ बुधवार न्यु डायमण्ड र गण्डकीबीच बिहान ८ बजे पहिलो तथा एपिएफ क्लब र एभरेष्टबीच बिहान १० बजे दोस्रो खेल हुनेछ।

    पुरुषतर्फ पुलिस र गलकोटबीच दिउँसो १२ः१५ बजे तथा गण्डकी र एपिएफबीच दिउँसो २ः१५ बजे खेल हुनेछ ।

    भदौ २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको दुवैतर्फको विजेताले उपाधिसहित १ लाख ५० हजार १ सय ११, दोस्रोले १ लाख १ सय ११ र तेस्रो टोलीले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।



    Heralo Reporter Heralo Reporter    
  • १९ भाद्र २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP