हेरालाे खबर
काठमाडौँ । नेपालका होमलाल श्रेष्ठ र सुनसरी रोकायाले शनिबार एसिया ट्रायल मास्टर (एटिएएम) च्याम्पियन्सीपको उपाधि जितेका छन् ।

भियतनामको मु चाङ चाइमा भएको एटिएम मु चाङ चाई अल्ट्रा ट्रायलको पाँचौँ प्रतियोगिता हो । सो दौडमा नेपालकै गोपाल तामाङ दोस्रो र फिलिपिन्सका कि सुवेलो तेस्रो स्थानमा रहनुभयो । ४२ वर्षीय होमलाल एसिया ट्रायल मास्टर जित्ने पहिलो नेपाली हुन् ।
२४ वर्षीय सुनसरीलाई नेपालकै १९ वर्षीया कल्पना बुढाले कडा चुनौती दिएकी थिइन् । सुनसरीभन्दा केही सकेन्डमात्र पछाडी परेकी कल्पनाले दोस्रो स्थानमा चित्त बुझाइन् । हङकङकी सेलन लोउबिरे तेस्रो स्थानमा रहिन् ।

यस प्रतियोगितामा पुरुष र महिला दौडको शीर्ष दसमा नेपालका धावकधाविकाले बाहुल्य रहेको थियो । धीरबहादुर बुढाले आठौँ र विशाल राई दशौँ स्थान बनाए ।
करीब ३८०० मिटर उचाईसम्म दौडनपर्ने एसिया ट्रायल मास्टर दौडमा जङगलका कठिन बाटा र पहाडका उकाली ओरालो समावेश छन् । एटिएममा १८ देशका ३६०० धावकधाविकाले भाग लिएका थिए । जसमा दुई सय अन्तर्राष्ट्रिय धावकधावकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया