logo
  • १२ असार २०८३, शुक्रबार | Fri, 26 Jun 2026
  • टिप टप न्यु डायमन्डलाई उपाधि

    • heralokhabar heralokhabar
    • १० असार २०८३ बुधबार
    टिप टप न्यु डायमन्डलाई उपाधि

    हेरालाे खकर
    काठमाडौं। टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।


    मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको उपाधि भिडन्तमा टिप टप न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–९ र २५–१० को सोझो सेटमा पराजित ग¥यो ।
    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गणेश हिमाल तेश्रो भयो । गणेश हिमालले सरस्वती मावि, हेलम्बुलाई सीधा सेटमा २५–१८, २५–१६ र २५–१३ ले हरायो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।


    प्रतियोगितमा टिप टप न्यु डायमन्डकी निशा महर उत्कृष्ट खेलाडी घोषित भइन् । निशाले १० हजार नगद पुरस्कार हात पारिन् ।
    टिप टप न्यु डायमन्डकी जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट ब्लकर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । न्यु डायमन्डकी गृष्मा गुरुङ उत्कृष्ट डिफेन्डर, नम्सार राना उत्कृष्ट सेटर र एलिशा श्रेष्ठ उत्कृष्ट सर्भर बने । विधागत उत्कृष्ट सबैले जनही ५ हजार नगद पुरस्कार पाए ।


    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, प्रतियोगिता संयोजक एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी, बागमती प्रदेशका अध्यक्ष राम केसीलगयतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।



    heralokhabar heralokhabar    
  • १० असार २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP