logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • कप्तान किरण सम्मानित

    • Heralo Reporter Heralo Reporter
    • ५ फाल्गुन २०८१ सोमबार
    कप्तान किरण सम्मानित

    हेरालाे खबर

    चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई सोमवार सम्मान गरेको छ ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मानबाट सम्मान गरिएको हो ।

    सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान र प्रा.डा. बालचन्द्र लुईटेललाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित गर्यो ।

    उनीहरुलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।



    Heralo Reporter Heralo Reporter    
  • ५ फाल्गुन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP