logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • पोखरा, १३ माघ

    हेरालाे खबर ,  जिवनमा पुन्य कमाउनु छ भने यो जस्तो महादान अर्थात रत्तलदान जस्तो पुन्य कर्म अर्को छैन ।
    जोखिमको परेको कसैको पनि ज्यानलाई बचाउन र फेरि सामाजिक जिवनमा फर्काउन रगतको सट्टा रगत नै हो मानिसलाई चाहिने ।

    हामीले दिएको रगतले कसैको जिवन बच्दछ भने किने नगर्ने रक्तदान ? नेपाल रेडक्रस सोसाईटीले सिर्जनाचोकस्थित नयाँ भवनमा सुविधा सम्पन्न रक्त संकलन कक्ष बनाएर प्रत्येक कसै न कसैको जन्म दिन पर्ने भएकोले कार्यालयमै गएर रक्तदान गर्ने अवसर जुराएको छ ।

    नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति, सामाजिक अभियन्ता डण्डराज शर्माको ७७ औं जन्मदिनको अवसरमा आज आयोजना गरिएको रक्तदानमा ६ जनाले रक्तदान गरे ।

    आजसम्म गरेर ८० औं पटक रक्तदान गरें । पत्रकार तथा क्षेत्री समाज नेपालका महासचिव कृष्ण थापाले भने, यो जस्तो ठूलो कर्म अरु केहि पनि होला जस्तो मलाई लाग्दैन । थापालाई सभापति शर्माले ब्लड व्याग हस्तान्तरण गरेर रक्तदान सुरू गरिएकाे थियाे ।

    सबैलाई उत्प्रेरणा जगाउन र सामाजिक, मानविय सेवामा लाग्न लागि प्रेरित गर्न यसो गरिएको हो । रक्त संचार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले भने, आउनुस्, रक्तदान गर्नुस् र जन्मदिन मनाएर जानुस् ।

    उनका अनुसार रक्तदान गर्न जानेहरुका लागि रक्तको परिक्षण्, परामर्श लगायतका सेवाहरु पनि पाईने भएकोले स्वस्थताको लाभ लिन आग्रह गरे । ज्ञवालीले ५५ औं पटक रक्तदान पनि गरे ।

    कार्यक्रममा वरिष्ठ प्राविधिक महेन्द्र लामिछाने, आकस्मिक रक्तदान युनिटका हरिश्चन्द्र शर्मा, रेडक्रसकर्मिहरु र संचारकर्मिहरुको सहभागिता रहेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १३ माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP