logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • पोखराको बुढीबजारमा सवारी दुर्घटना, बागमाराका अशोक लामिछानेको मृत्यु

    पोखराको बुढीबजारमा सवारी दुर्घटना, बागमाराका अशोक लामिछानेको मृत्यु

    पोखरा  , हेरालाे खबर

    पोखरामा सोमबार राति सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराका २८ वर्षका अशोक लामिछाने रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा-२६ बुढीबजारमा लामिछाने सवार ग११प ६०५६ नम्बरको मोटरसाइकललाई लु२ख ४५२७ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार लामिछाने सवार मोटरसाइकल बिग्रिएर सडक छेउमा रोकेर मर्मत गर्दै गर्दा पछाडिबाट आएको टिप्पले ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट मोटरसाइकल पनि पूर्णरुपमा क्षति भएको छ ।

    दुर्घटना लगत्तै ईलाका प्रहरी कार्यालय डाँडाको नाकबाट खटिएको टोलीले टिप्पर चालक रसुवाका ३७ वर्षीय वासुदेव घिमिरे र दुवै सवारीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • २ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP