logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • राष्ट्रिय अखण्डता र एकता खस क्षेत्रीहरूको साझा संस्थाले दिदिबहिनी दरखाने तथा भेटघाटकाे कार्यक्रम सम्पन्न

    राष्ट्रिय अखण्डता र  एकता खस क्षेत्रीहरूको साझा संस्थाले दिदिबहिनी दरखाने तथा भेटघाटकाे कार्यक्रम सम्पन्न

    पाेखरा , हेरालाे खबर

    राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षेत्रीय एकता आजको आवश्यकता सम्पूर्ण खस क्षेत्रीहरूको साझा संस्था
    पोखरा -५ मालेपाटनले दिदिबहिनीहरुसगको दरखाने तथा भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रमको प्रमुख अतिथि जेष्ठ नागरिक आमा लिलावती थापाले ब्यानर छोएर साथै तिजको गीत गाएर उद्दघाटन गर्नुभएको थियो भने,स्वागत मन्तब्य समाजकी उपाध्यक्ष मिरा के सीले दिनुभएको थियो,शुभकामना दिने बक्ताहरुमा समाज सेवी सल्लाहकार निर्मल खत्री,उज्ज्वल खत्री,गोपाल बहादुर थापा,निर्मला थापा पोखरा महानगर पालीका वार्ड न ५ कि जनप्रतिनिधि कल्पना भुवाजी क्षेत्री,लगायतले बोल्नुभएको थियो,कार्यक्रम संचालन समाजकी सचिव लोक कुमारी क्षत्रीले गर्नुभएको र सहजीकरण कास्की जिल्ला लेखा समिती सदस्य राजेन्द्र खत्रीले गरेका थिए।

    समाजको एउटै उद्देश्य एकतामा बाध्नु आफ्नो मौलिक परम्परालाई जगेर्ना गर्नु ,सामाजिक हितको लागि अगाडि जहिले पनि बढ्नु रहेको थियो कार्यक्रमलाई रोचक बनाउन दिदिबहिनी बिच रोचक नृत्य प्रतियोगिता राखिएको थियो प्रथम बिष्णु थापा ,दोस्रो गङ्गा बस्नेत ,तेस्रो सुनिता कार्की भएका थिए भने कार्यक्रममा १७० दिदी बहिनीहरुको मौलिक भेषभुषामा उपस्थिति रहेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • १५ भाद्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP