logo
  • २६ आश्विन २०८३, सोमबार | Mon, 12 Oct 2026
  • व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ भव्य रूपमा सम्पन्न

    • heralokhabar heralokhabar
    • २६ आश्विन २०८३ सोमबार
    व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ भव्य रूपमा सम्पन्न

    ​हेरालाे खबर

    काठमाडौ । व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ भव्य रूपमा सम्पन्न । रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्लैम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली iकला, मनोरञ्जन र फेसन क्षेत्रका चर्चित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति तथा विभिन्न सांगीतिक र हास्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    विवाहित महिलाहरूको सशक्तीकरण र फेसन शो व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६ अन्तर्गतको ‘द ग्लैम नाइट’ मा प्रतियोगीहरू तीन विशेष पहिरनमा मञ्चमा प्रस्तुत भएका थिए। विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘द ग्लैम नाइट’ फेसन शो आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराउनुभयो।

    शोमा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा र्याम्प वाक गरेका थिए।
    ब्राइडल सिक्वेन्स: प्रतियोगीहरूले ब्राइडल सिक्वेन्समा परम्परागत दुलही पहिरनको सौन्दर्य, संस्कृति र आकर्षण प्रस्तुत गरेका थिए।
    निभिया सिक्वेन्स: सौन्दर्य तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित ब्रान्ड प्रवर्द्धनलाई फेसनसँग जोडिएको थियो।

    गाउन सिक्वेन्स: प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्याम्प प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए। सो सिक्वेन्सको कोरियोग्राफी निशा बराइलीले गर्नुभएको थियो।

    व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६ को तयारी तथा प्रवर्द्धनात्मक गतिविधिअन्तर्गत आयोजित ‘द ग्लैम नाइट’ ले प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता देखाउने अवसर प्रदान गरेको छ। यसले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने अर्का आयोजक शिला बास्तोलाको विश्वास छ। ​रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेज नेपाल वर्ल्ड विवाहित महिलाहरूको प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।​व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ भव्य रूपमा सम्पन्न।
    रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्लैम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाली कला, मनोरञ्जन र फेसन क्षेत्रका चर्चित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति तथा विभिन्न सांगीतिक र हास्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
    विवाहित महिलाहरूको सशक्तीकरण र फेसन शो व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६ अन्तर्गतको ‘द ग्लैम नाइट’ मा प्रतियोगीहरू तीन विशेष पहिरनमा मञ्चमा प्रस्तुत भएका थिए। विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘द ग्लैम नाइट’ फेसन शो आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराउनुभयो।
    शोमा प्रतियोगीहरूले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा र्याम्प वाक गरेका थिए।
    ब्राइडल सिक्वेन्स: प्रतियोगीहरूले ब्राइडल सिक्वेन्समा परम्परागत दुलही पहिरनको सौन्दर्य, संस्कृति र आकर्षण प्रस्तुत गरेका थिए।
    निभिया सिक्वेन्स: सौन्दर्य तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित ब्रान्ड प्रवर्द्धनलाई फेसनसँग जोडिएको थियो।
    गाउन सिक्वेन्स: प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, आत्मविश्वास र र्याम्प प्रस्तुतिको क्षमता प्रदर्शन गरेका थिए। सो सिक्वेन्सको कोरियोग्राफी निशा बराइलीले गर्नुभएको थियो।
    व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६ को तयारी तथा प्रवर्द्धनात्मक गतिविधिअन्तर्गत आयोजित ‘द ग्लैम नाइट’ ले प्रतियोगीहरूलाई आफ्नो प्रतिभा, शैली र प्रस्तुति क्षमता देखाउने अवसर प्रदान गरेको छ। यसले विवाहित महिलाहरूको आत्मविश्वास, पहिचान र व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने अर्का आयोजक शिला बास्तोलाको विश्वास छ। ​रिबन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेज नेपाल वर्ल्ड विवाहित महिलाहरूको प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने सौन्दर्य प्रतियोगिता हो।

    heralokhabar heralokhabar    
  • २६ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP