तनहुँ , हेरालाे खबर
सन् १९९४ मा तनहुँको दमौलीमा स्थापना भएको जेसिआई व्यासनगरको व्यास नगरपालिका वडा नं. ४ सिमलटारमा निर्माण सम्पन्न भएको नयाँ भवनमा झण्डात्तोलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा झण्डात्तोलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको बिशेष अतिथिको रुपमा नेपाल जेसिस २०२१ का अध्यक्ष अरुणेश्वर खनाल, नेपाल जेसिस २०२१ का उपाध्यक्ष तेजप्रसाद उप्रेति, तनहुँ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल , शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई, जेसिआई व्यास नगरका पुर्व अध्यक्षहरु अभिनव खनाल, माधब न्यौपाने, शुरेस पुरी, भरतकुमार श्रेष्ठ, जेसिआई भानु बन्दिपुर २०२४ का अध्यक्ष रविन अधिकारी लगायत विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले जेसिआई व्यासनगरले समाजमा थुप्रै उदाहरणिय कार्यहरु गरेको र अझै थुप्रै कार्यहरु गर्नुपर्ने बताएका थिए । श्रेष्ठले जुन खालको सामुहिक भावनाले भवन निर्माण गर्न जेसिआई व्यासनगर सफल भयो त्यसैगरि जेसिसका मुलमन्त्रहरुलाई लागू गर्न तर्फ पनि कटिबद्ध भएर लागेर राजनीति र देशलाई पनि सुधार गर्न लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रमको बिशेष अतिथिको रुपमा नेपाल जेसिस २०२१ का अध्यक्ष अरुणेश्वर खनालले जेसिआई व्यासनगरले नेपालभरका जेसिसहरु मध्येमा उदाहरणिय कामहरु गरेको र आगामी दिनमा दमौलीमा जेसिसको एरिया ख को सम्मेलनको आयोजना गर्न लागेकोले त्यो अवसर यसक्षेत्रलाई चिनाउने अवसर भएकोले त्यसलाई सफल पार्न जेसिआई व्यासनगर मात्र होइन सबैजना लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा व्यास नगरपालिका वडा नं. ४ सिमलटारमा निर्माण गरिएको भवन निर्माण समितिका संयोजक एवं जेसिआई व्यासनगरका पुर्व अध्यक्ष शुरेस पुरीले भवन निर्माण गर्नको लागि लाग्दा आईपरेका समस्या र पुर्व अध्यक्षहरुले दिएको हौशला, संस्थाका पदाधिकारीहरु तथा दाताहरुले दिएको सहयोग र जग्गा खरिद गर्दा जग्गाधनीले देखाएको सदाशयताको प्रशसां गरेका थिए ।
जेसिआई व्यास नगरका २०२४ का महासचिव सनम अधिकारीले संचालन गरेको कार्यक्रमका सभापति जेसिआई व्यास नगरका २०२४ अका अध्यक्ष नविन पुरीले जेसिआई व्यासनगरलाई यहाँसम्म आउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया