logo
  • २३ भाद्र २०८३, मंगलवार | Tue, 08 Sep 2026
  • सामाजिक सुरक्षा काेषले माग्याे ठूलाे संख्यामा कर्मचारी

    • heralokhabar heralokhabar
    • १२ पुष २०८१ शुक्रबार
    सामाजिक सुरक्षा काेषले माग्याे ठूलाे संख्यामा कर्मचारी

     हेरालाे खबर । पाैष १२,पोखरा  ।

    सामाजिक सुरक्षा काेषले ठूलाे संख्यामा कर्मचारीकाे माग गरेकाे छ । लाेकसेवाद्वारा परिक्षा लिइ काेषले अफ्नाे रिक्त पदहरूमा पदपूर्ती गर्न लागेकाे हाे ।

    श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न र योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्धेश्यका साथ कोषकाे स्थापना भएकाे हाे।  सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुकोआर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिने तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिकहकलाई सुनिश्चित गर्ने दिशातर्फ कोषले अाफ्नाे कार्यक्रम लक्षित गरेकाे छ ।

    योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने ब्यवस्था गरेकोछ । औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता लगाएतमा सामाजिक सुरक्षा योजना सञ्चालन भइरहेकाे छ ।



    heralokhabar heralokhabar    
  • १२ पुष २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP