logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

    २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

    पोखरा , हेरालाे खबर

    सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् ।

    उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार झाँक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको प्रहरीले जनाएको छ ।

    काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

    दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

    हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति भएको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १२ माघ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP