logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • साफ च्याम्पियनसिपमा होम एन्ड अवे नहुने

    • Heralo Reporter Heralo Reporter
    • २७ फाल्गुन २०८१ मंगलवार
    साफ च्याम्पियनसिपमा होम एन्ड अवे नहुने

    हेरालाे खबर

    एजेन्जी ,  साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ।

    दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ।

    बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार गर्ने निर्णय गरेको छ।

    साफलाई होम एन्ड अवेको आधारमा खेलाउने भनिएको धेरै भैसक्यो। तर साफले पुरानै सैलीलाई अगाडि बढाउने भएको छ।

    साफका अध्यक्ष काजी मोहम्मद सलावदिनको अध्यक्षतामा भएको बैठकमा नेपालको तर्फबाट एन्फा महासचिव किरण राईले प्रतिनिधित्व गरेका थिए।

    बैठकमा भुटान, श्रीलंका र माल्दिभ्सको पनि उपस्थिति रहेको थियो।‌ भारत, पाकिस्तान र बंगलादेशका प्रतिनिधिले अनलाइन मार्फत बैठकमा सहभागिता जनाए।‌

    यो निर्णयलाई साफ च्याम्पियनसीपको मार्केटिङ पार्टनर स्पोर्टस फाइभलाई जानकारी गराउनेछ। उसले बजारको स्थिति बुझेर पुन: यो विषयमा थप जानकारी उपलब्ध गराउने साफले जनाएको छ।

    यो पटकको सिनियर पुरुष साफ च्याम्पियनसिप कहिले र कहाँ‌ हुने अहिलेसम्म तय भएको छैन। गत संस्करणको साफ भारतमा‌ आयोजना हुँदा घरेलु टोली च्याम्पियन बनेको थियो। महिला साफ च्याम्पियनसिप कात्तिकमा काठमाडौंमा आयोजना भएको थियो।



    Heralo Reporter Heralo Reporter    
  • २७ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP