logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • आहा रारा पोखरा गोल्डकपमा दुई विदेशी टोली भिड्दै

    आहा रारा पोखरा गोल्डकपमा दुई विदेशी टोली भिड्दै

    पाेखरा  , हेरालाे खबर

    २४ औं आहा!रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी टोली भिड्दैछन्‌।

    पोखरा रंगशालामा दिउँसो २:३० बजे सुरु हुने खेलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिच प्रतिस्पर्धा हुनेछ।

    दुवै टोली पहिलो पटक आहा गोल्डकपमा सहभागी भएका हुन्। ब्ल्याक बुल्सले सिधै क्वाटरफाइनलमा प्रवेश पाएको थियो। थन्डरबोल्टले भने दुई पटकको च्याम्पियन संकटा क्लबलाई ३-१ ले हराउँदै अन्तिम आठको यात्रा गरेको थियो।

    थन्डरबोल्टले १-० ले पछि परेको खेल उल्टाइएको थियो। यो खरलको विजेताले ५ पटकको विजेता थ्री स्टार क्लबको सामना गर्नेछ। मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकर ४-२ ले हराउँदै थ्री स्टार एक कदम अघि बढेको थियो।

    पूर्व विजेता मध्ये थ्री स्टार र नेपाल पुलिस क्लब मात्रै यसपटक सेमिफाइनल पुग्न सफल भएका छन् । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले आहा राराका दुई‌ सर्वाधिक सफल टोली हुन् ।

    समान ६ पटक जितेका यि दुइ टोली मध्ये यसपटक मनाङले भाग लिएन । २३ औं संस्करणसम्म ८ टोलीले मात्र आहा गोल्डकप जितेका छन् । मनाङसँगै एक पटकको विजेता अफ्रिकन युनाइटेडबाहेक ६ विजेता टोलीले यस पटक भाग लिएका थिए।

    त्यसमध्ये दुई पटकको विजेता संकटासहित समान एक‌ पटकका विजेता आयोजक सहारा क्लब पोखरा, एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब बाहारिसकेका छन् ।

    आर्मी सोमवार चर्च ब्वाइज युनाइटेड सँग १-० ले पराजित भएको थियो। एपिएफलाई मच्छिन्द्रले २-० र आयोजकलाई‌ पुलिसले १-० ले हराएको थियो।
    यसपटकको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।



    Heralo Reporter Heralo Reporter    
  • २९ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP