२१ माघ, हेरालाे खबर, पश्चिम रुकुम। रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा न १२ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय खोलागाँउले ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरेको छ । खोलागाँउ शाखा कार्यायलले पुस १० गते देखि हाल सम्म उक्त कार्यक्रम सन्चालन गर्दैँ आइरहेको छ ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार ,बचत तथा कर्जाको फाइदा तथा बेफाइदा,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता ,बिमा सेवा ,पासबुकको प्रयोग ,एम पासबुकको महत्व र फाइदा ,नगद जम्मा भौचरको महत्व,केन्द्र समुह र केन्द्र प्रमुखकाे भुमिका तथा केन्द्र सन्चालन लगायतका विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहकमाझ वित्तिय चेतना बढेको शाखा कार्यालय खोलागाँउका शाखा प्रवन्धक श्री जिवन केसीले जानकारी दिनु भयो ।
उक्त नगरपालिकामा वडा न ६, १०, ११, १२, १३, १४का करिव छ सय दश घरधुरीलाई सेवा दिदै आएको यस एनएमबि लघुवित्त शाखा कार्यालय खोलागाँउले रुकुम पश्चिमको चौरजहारी नगरपालिका , सल्यानको दार्मा गाउँपालिका र सल्यानको कुमाख गाँउपाकिामा आफनो कार्यक्षेत्र बनाएर कार्य गदैँ आएको छ ।
गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।
प्रतिक्रिया