logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा पानीको फोहरा प्रहार

    • Heralo Reporter Heralo Reporter
    • ४ कार्तिक २०८१ आईतवार
    रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा पानीको फोहरा प्रहार

    पोखरा , हेरालाे खबर

    पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् ।

    आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका छन् भने प्रहरीले पानीको फोहरा प्रयोग गरी भिड नियन्त्रणको प्रयास गरेको थियो ।

    यता, सहकारी पीडितले पनि निषेधित क्षेत्रमै प्रवेश गरेर नारा घन्काएका छन् । उनीहरुले सहकारी ठगलाई कार्वाही गर, सहकारी पीडितलाई न्याय देलगायतका नारा घन्काएका छन् ।

    दुवैतर्फको प्रदर्शन चर्किँदै गएपछि सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको छ । अप्रिय घटना हुन नदिन कास्कीमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया आफै मैदानमा खटिएका छन् । रवि लामिछानेलाई लिएर अनुसन्धानको जिम्मेवारी पाएका डीएसपी वसन्तकुमार शर्मा अदालतमा छन् ।

    सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । उनलाई शुक्रबार राति स्थलमार्गबाट पोखरा ल्याइएको हो ।

    रविलाई पोखरा ल्याइएसँगै देशभरबाट रास्वपाका कार्यकर्ता पोखरा आएका छन् । उनीहरुको व्यवस्थापन पार्टीको कास्की र गण्डकी प्रदेश समितिले गरिरहेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ४ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP