logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • सत्यवतीमा टिपर दुर्घटना, चालक श्रीरामको मृत्यु, एक घाइते

    सत्यवतीमा टिपर दुर्घटना, चालक श्रीरामको मृत्यु, एक घाइते

    गुल्मी , हेरालाे खबर

    गुल्मीमा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको जिल्ला रैनादेवी गाउँपालिका वडा नं १ का २४ वर्षका श्रीराम कुमाल छन् ।

    रिडीबाट गिट्टी पुर्तीघाट जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडा नं २ पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलका अनुसार दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा परी सल्यान जिल्ला बनगाउँ वडा नं ७ बस्ने २३ वर्षका मोहन जैसी घाइते छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेको टिपर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १३ पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP