logo
  • २४ माघ २०८२, शनिबार | Sat, 07 Feb 2026
  • एनएमबी लघुवित्तको त्रैमासिक समिक्षा बैठक सम्पन्न

    • heralokhabar heralokhabar
    • २० माघ २०८२ मंगलवार
    एनएमबी लघुवित्तको त्रैमासिक समिक्षा बैठक सम्पन्न

    हेरालो खबर, पोखरा, माघ २० । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दोश्रो त्रैमासिक समिक्षा बैठक सफलतापूर्वक सम्पन्न गरेको छ । गत माघ ९ गते देखी सुरु भएको समिक्षा बैठक सोमवार पोखरा प्रादेशिक कार्यालय अन्र्तगतको समिक्षा सम्पन्न भएसँगै सम्पूर्ण प्रदेशहरुको समिक्षा सकिएको संस्थाले जानकारी दिएको छ ।
    सोमवार पोखरामा आयोजित कार्यक्रममा पोखरा प्रादेशिक कार्यालय मातहतका २३ वटा शाखाहरुको सहभागीता रहेको थियो । समिक्षा बैठकमा संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत सजल खड्काले कर्मचारीले आफ्ना ग्राहकको हितलाई ध्यानमा राखी कार्य गर्न र कर्जाको सदुपयोगिता निरिक्षणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दा कर्जा जोखिम न्यूनिकरणमा सहज हुने हुँदा यसप्रति प्रतिवद्ध भएर कार्य गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले संस्थाले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने संस्कृतिको सुरुवात गरेका बताउदै यसले राम्रो काम गर्ने कर्मचारीलाई थप प्रोत्साहन हुने र अन्य कर्मचारीलाई पनि राम्रो काम गर्नका लागि सकरात्मक उत्प्रेरणा मिल्ने हुँदा स्वच्छ र सकरात्मक प्रतिस्पर्धाका साथ आफ्नो शाखा कार्यालयलाई उत्कृष्ट शाखा बनाउने गरि कार्य गर्न निर्देशन दिनुभयो ।
    संस्थाका प्रवन्धक रामनाथ भण्डारीले कर्मचारीहरुले आफ्नो शाखाको वास्तविक अवस्थाका आधारमा संभावित ब्यवसायिक क्षेत्र पहिचान गरि त्यसबाट प्राप्त तथ्याङ्कलाई टेकेर ठोस योजना बनाउदा लक्ष्य हाँसिल गर्न सहज हुने भएकोले सोही अनुसार आफ्नो कार्य रणनीति तय गर्न कर्मचारीहरुलाई मार्गनिर्देश गर्नुभयो ।
    समिक्षा कार्यक्रमकै अवसरमा संस्थाले दोश्रो त्रैमासिक समिक्षा अवधीमा लक्ष्य अनुसारको प्रगती हाँसिल गर्ने, कार्यमा खुद प्रगती हाँसिल गर्ने, जोखिमयुक्त कर्जा शुन्य बनाई राख्न भूमिका निर्वाह गर्ने तथा जोखिमयुक्त कर्जाको दर नियन्त्रण गर्न र घटाउन भूमिका निर्वाह गर्ने गरि बिभिन्न सूचकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखालाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने शाखाहरुमा इटहरी प्रादेशिक कार्यालय अन्र्तगतका चन्द्रगढी, लेटाङ, धुलावारी, सुरुङ्गा, औरावनी, मोतीगढा र भोजपुर शाखा कार्यालय, मधेश प्रदेश अन्तरगत तारापट्टी, परवानीपुर, र बिर्ताचोक शाखा कार्यालय र बाग्मती प्रदेश अन्तर्गतका थाँक्रे र धर्मस्थली शाखा, पोखरा प्रादेशिक कार्यालय अन्र्तगतका ढोरपाटन, उदिपुर र भरतपोखरी शाखा कार्यालय पुरस्कृत भएका छन् ।
    त्यसैगरी, लुम्बिनी प्रादेशिक कार्यालय अन्तरगत बर्दघाट, शान्तिनगर, सुर्यपुरा, प्युठान र लमही शाखा कार्यालय पुरस्कृत भएका छन् भने बिरेन्द्रनगर प्रादेशिक कार्यालयका जहरे, मुसिकोट र दुल्लु तथा धनगढी प्रादेशिक कार्यालय अन्र्तरगत गोदावरी र दिपायल शाखा पुरस्कृत भएका छन् । पुरस्कृत हुने शाखा कार्यालयका प्रमुखहरुलाई अविर, खादा र प्रसंशापत्रले सम्मान गरिएको छ ।
    समिक्षा कार्यक्रमकै अवसरमा संस्थाले शाखा प्रमुखहरुको सहभागीतमा २५ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
    संस्थाले जारी घोषणपत्रमा संस्थाको नीति, नियम, कार्यविधि, परिपत्र तथा नियामक निर्देशनको पूर्ण पालना गर्दे संस्थाको मूल्य, संस्कृति, सुशासन र दीर्घकालीन रणनीतिलाई सबै निर्णयको आधार बनाउने र दैनिक कार्य सञ्चालनलाई चुस्त दुरुस्त, पारदर्शी बनाई ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने तथा शाखा कार्यालय सहित केन्द्रहरुको स्तरोन्नती गर्ने सहितका २५ बुँदाहरुलाई समावेश गरिएको छ । घोषणापत्रमा लेखिएका बुँदाहरुलाई सहभागीहरुले बाचन गर्नुको साथै हस्ताक्षर समेत गरि लिखित रुपमा पालना सुनिश्चितताको प्रतिवद्धता ब्यक्त गरका छन् ।
    समिक्षा बैठक अन्तरगत दोस्रो त्रैमासिक अवधिमा हासिल भएका उपलब्धी, लक्ष्यअनुसारको प्रगति अवस्था तथा चुनौतीहरूको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, तेस्रो त्रैमासको लक्ष्य हासिल गर्ने स्पष्ट योजना, रणनीति तथा सामूहिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा सहभागी शाखा कार्यालयहरुले शाखागत लक्ष्य निर्धारण, कार्यसम्पादन सुधारका उपाय र उत्तरदायित्वका विषयमा सहभागीहरूबीच सहमति जनाउँदै तेस्रो त्रैमासमा अझ प्रभावकारी नतिजा हासिल गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
    कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख प्रकाश रावलले शाखागत लक्ष्य सूचकहरुमा हाँसिल गरेको उपलब्धी र भावी रणनीतिका बिषयमा सहजीकरण सहित प्रशिक्षण प्रदान गर्नु भएको थियो । साथै, जनशक्ति व्यवस्थापन विभाग प्रमुख सूर्य बहादुर थापाले शाखा प्रमुखहरुको नेतृत्व क्षमता र सीप बृद्धिका बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । जोखिम विभाग प्रमुख ऋषिराज परियारले संस्थाको जोखिम सुचकहरुको हालको अबस्था तथा यस आ.ब.को योजना तथा रणनिति सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो भने बचत तथा केन्द्र ब्यबस्थापन विभाग प्रमुख कृष्ण प्रसाद नेपालबाट संस्थाको हालको व्यवसाय सुचाङकहरुको हालको स्थिति र आगामी रणनिति तथा शाखा, कर्मचारी र केन्द्रको संस्थाले गरेको आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
    माघको ८ गते देखी १६ गतेसम्म इटहरीको बिर्तामोड र इटहरी, मधेशको बिर्ताचोक र धुलिखेलको काठमाण्डौ तथा लुम्वीनीको लमही, बिरेन्द्रनगरको सुर्खेत र धनगढीको अत्तरियामा आयोजना गरिएको कार्यक्रममा इटहरी प्रादेशिक कार्यालयका सम्वन्ध प्रवन्धक योगेन्द्र जि.सी, प्रादेशिक कार्यालय प्रमुख सुरेश कार्की सहित ३६ वटा शाखाका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो । त्यस्तैगरी, बर्दिवास प्रादेशिक कार्यालय अन्र्तगतको कार्यक्रममा बर्दिवास प्रादेशिक कार्यालयका प्रमुख नविन खतिवडा, क्षेत्रिय प्रवन्धकद्वय सूर्य किङरिङ र शिव साह कानु सहित २० शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागीता रहेको थियो भने धुलिखेल प्रादेशिक कार्यालयको कार्यक्रममा सम्बन्ध प्रबन्धक गंगाधर आचार्य, प्रादेशिक कार्यालय प्रमुख बलराम खड्का, क्षेत्रीय प्रबन्धकद्वय सफल भण्डारी र दुर्गा प्रसाद यादव सहित २२ वटा शाखाका शाखा प्रबन्धकहरूको सहभागीता रहेको थियो ।
    पोखरामा आयोजित कार्यक्रममा पोखरा प्रादेशिक कार्यालयका प्रमुख रामचन्द्र पौडेल, क्षेत्रिय प्रवन्धक मनोज घर्तिमगर, श्याम प्रसाद राई सहित २३ शाखाको सहभागीता रहेको थियो । लमहीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अभिषेक गौतम, क्षेत्रिय प्रवन्धकहरु राजेन्द्र खड्का र बेद बेल्वासे सहित २५ शाखा प्रवन्धकहरुको सहभागीता रहेको थियो भने सूर्खेत र अत्तरियामा आयोजित कार्यक्रममा प्रादेशिक प्रमुख बिवेक भट्ट, क्षेत्रिय प्रवन्धक वेग बहादुर वली, राजेश ठकुल्ला र दशरथ बडु सहित २२ शाखा प्रवन्धकहरुको सहभागीता रहेको थियो ।



    heralokhabar heralokhabar    
  • २० माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP