logo
  • १८ कार्तिक २०८१, आईतवार | Sun, 03 Nov 2024
  • एन्जिलाले पनि‌ युरोपमा व्यवसायिक फुटबल खेल्ने

    • Heralo Reporter Heralo Reporter
    • १८ भाद्र २०८१ मंगलवार
    एन्जिलाले पनि‌ युरोपमा व्यवसायिक फुटबल खेल्ने

    हेराालाे खबर

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्।

    १२ वर्ष भन्दा लामो समयदेखि एपिएफमा‌ आवद्ध रहेकी एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरे हुन्‌ । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् ।

    ‘उत्साहित छु । पहिलादेखि कोसिस गरिरहेको थिए। गोलकिपरले यसै पनि मौका पाउन गाह्रो छ । तर उचाई मात्रले‌ मात्र फरक पर्दैन भन्ने प्रमाणित गर्नुछ, उनले भनिन्, ‘सेप्टेम्बर २९ बाट सिजन सुरु हुने भएकोले क्लबले छिटो आउनु भनेको छ । भिसा प्रक्रिया भइरहेको छ । साउदी अरबबाट अफर आएको छ।तर पहिला युरोपको मौका मिस नगरौ भन्ने हो‌। ‘

    दक्षिण एसियाली मुलुक बाहिर एञ्जिलाले पहिलो पटक खेल्ने अवसर पाएकी हुन्। उनले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी थिइन्।‌

    युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बन्नेछिन्। राष्ट्रिय टोली र‌ एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पबाट दोस्रो सिजन खेल्ने तयारीमा छिन्। राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबकी रेखा पौडेल‌ यो सिजन अबुधाबी काउन्ट्री क्लबमा आबद्ध छिन्।

    एन्जिलाको जीवनमा आधारित अन्जिला फिल्म यसै वर्ष प्रदर्शनको तयारीमा छ। एन्फा महिला लिगमा आज एपिएफले पुलिसको‌ सामना गर्दा‌ एन्जिला खेल्ने छैनन् ।



    Heralo Reporter Heralo Reporter    
  • १८ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP