logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • अस्ट्रेलियालाई एक खेल अगावै सिरिज

    अस्ट्रेलियालाई एक खेल अगावै सिरिज

    पाेखरा , हेरालाे खबर

    एजेन्सी – पाकिस्तानलाई लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ ।

    दोस्रो टि ट्वान्टी आईमा शनिवार अस्ट्रेलियाले पाकिस्तानमाथि १३ रनको जित हात पारेको हो । पहिलो खेल अस्ट्रेलियाले २९ रनले जितेको थियो ।

    १ सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा अल आउट हुदै १ सय ३४ रनमा समेटियो ।

    पाकिस्तानका उस्मान खानले ३८ बलमा ४ चौका र १ छक्कको सहयोगमा सर्वाधिक ५२ रन जोडे । इर्फान खानले २८ बलमा नट आउट ३७ तथा कप्तान मोहम्मद रिजवानले १६ रन जोडे । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    अस्ट्रेलियाका स्पेन्सर जोनसनले ४ ओभरमा २६ रन खर्चिएर ५ महत्वपुर्ण विकेट लिए । एडम जाम्पाले २ तथा जेभियर ब्राटलेटले १ विकेट लिए ।

    त्यसअघि सिड्नी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार गरेको थियो ।

    अस्ट्रेलियाका ओपनर म्याथ्यु शर्टले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३२ रन जोडे ।

    आरोन हार्डीले २३ बलमा १ चौका र १ छक्काको सहयोगमा २८, ग्लेन म्याक्सवेलले २० बलमा २१ तथा ज्याक फ्रेजरले ९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

    पाकिस्तानका लागि हरिस रउफले ४, अब्बास अफ्रिदीले ३ तथा सफियान मुक्युमले २ विकेट लिए । तेस्रो खेल सोमवार रहेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १ मंसिर २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP