logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • नागटारका ५१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    • Heralo Reporter Heralo Reporter
    • ४ फाल्गुन २०८१ आईतवार
    नागटारका ५१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    ललितपुर।

    हेरालाे खबर ,   वाग्मतीगाउँपालिका वडा नं.७ गिम्दी,नागटारस्थित श्री मनकामना आधारभूत विद्यालयमा अध्ययनरत ५१ जना तामाङ,मगर,दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो,सा पुख्री(सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,हङकङ तामाङ घेदुङकी अध्यक्ष अनिता पाख्रीन तामाङको व्यक्तिगत आर्थिक सहयोगमा आइतबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।

    विद्यालयकी शिक्षक दीपा तिमल्सिनाकानुसार वडा सदस्य एवं प्रमुख अतिथि रमिला बरामले विद्यार्थीहरुलाई कपि,पेन्सिल,डटपेन,स्केल,इरेजर,कटर लगायतका शैक्षिक सामग्री वितरण समारोहमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना,प्र.अ.रेशम ढोडारी,शिक्षक अभिभावक संघका अध्यक्ष कुमार पाण्डे,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका प्रतिनिधिहरु,शिक्षक,कर्मचारी,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको जनाएकी छिन् ।



    Heralo Reporter Heralo Reporter    
  • ४ फाल्गुन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP