logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • धुन्चेवासीकाे वित्तिय काराेवारकाे पहिलाे राेजाइमा एनएमबी लघुवित्त

    • heralokhabar heralokhabar
    • २४ पुष २०८१ बुधबार
    धुन्चेवासीकाे वित्तिय काराेवारकाे पहिलाे राेजाइमा एनएमबी लघुवित्त

    पोखरा , हेरालाे खबर , पौष २४, रसुवा जल्लाकाे धुन्चेमा बिभिन्न वित्तिय संस्थाहरू रहेका छन् तर लघुउद्यमीहरूकाे पहिलाे राेजाइमा भने एनएमिव लघुवित्त रहेकाे छ । एनएमबी लघुबित्त बित्तीय संस्था लि. को शाखा कार्यालय धुन्चे रसुवाले लघुउद्यमी ग्राहक केन्द्रीत विभिन्न कार्यक्रम संचालन गरे पश्चात ग्राहकहरूकाे आर्कषण लघुवित्तमा बढेकाे हाे ।  जिल्लाको गाेसाइँकुण्ड गाँउपालिका वडा नं. ६, का सदस्यहरू बिचमा संस्थाले पौष महिनाभर बिभिन्न कार्यक्रमहरू गरेकाे छ । धुन्चे शाखाले अन्तरक्रिया तथा बित्तिय साक्षरता मार्फत चेतनामूलक कार्यक्रमको गरेको हाे ।

    कर्जाकाे आवश्यकता, बचतको प्रकार, बचत तथा कर्जाको फाईदा र बेफाईदा, कर्जा लिदा ध्यानदिनु पर्ने कुराहरु, कर्जा सदुपयोगिता, आफूले गरेको व्यवसायको बिमा र त्यसको फाईदा र बेफाईदा, व्यवसायको छनोटले आफू र आफ्नो परिवारलाई हुने लाभ, पासबुकको प्रयोग र यसको फाईदा, जम्मा भैचरको महत्व, केन्द्र समुह र केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएतकाे बिषयमा ग्राहकहरूलाइ सचेतनामूलक कार्यक्रम गरिएकाे र कार्यक्रमले ग्राहकमा वित्तिय चेतना बढेकाे संस्थाकी धुन्चे शाखा प्रमुख शारदा पाण्डेले जानकारी दिनुभयाे । लघुवित्तकाे कार्यक्रमले अाफुहरूमा ऋृणाकाे सदुपयाेग कसरी गर्ने भन्न्र कुराकाे वारेमा थाहा भएकाे र गाँउमा एनएमवि लघुवित्तकाे सेवा अाए पश्चात बिना धिताे ऋृण लिएर ब्यवसाय गर्दा गाँउबासीमा खुसी छाएकाे कार्यक्रममा सहभागी स्थानिय मिङमार छोमु मुक्तानले बताउनुभयाे ।

    कार्यक्रमकाे ब्यवस्थापनमा शाखाका कर्मचारीहरू राम प्रवेश राम र दावा छिरिङ तामाङले सहयाेग गर्नुभएकाे छ  ।  लघुवित्तले यस अघि जिल्लाको भार्खु, धुन्चे, नागुन, स्याफ्रुबेशी, हाकुबेशी लगाएतका स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    धुन्चेका पाँचसय बढि घरधुरीलाई सेवा दिदै आएको यस लघुवित्तको धुन्चे शाखाले जिल्लाको गाेसाइँकुण्ड गाँउपालिका र यसकाे वरपर कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ । पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिब एक लाख तीस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदै आएको छ ।



    heralokhabar heralokhabar    
  • २४ पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP