logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • एनएमबि लघुवित्त लालपुर शाखाले गर्याे बित्तीय साक्षरता कार्यक्रम

    • heralokhabar heralokhabar
    • २३ माघ २०८१ बुधबार
    एनएमबि लघुवित्त लालपुर शाखाले गर्याे बित्तीय साक्षरता कार्यक्रम

    २३ माघ, हेरालाे खबर, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा न. ७ मा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लालपुरले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ।   कार्यालयले गत एक महिनादेखी कार्यक्रम संचालन गर्दै आईरहेको छ।

    उक्त अभियानमा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको शाखा कार्यालय लालपुरका शाखा प्रबन्धक दुर्गा भट्टले जानकारी दिनुभयो। कार्यक्रममा संस्थाका कर्मचारीहरू अनिल पाण्डे, जर्निला कार्की, निर्मला चाैलागाइ लगाएतले सहजिकरण गर्नुभएकाे थियाे ।


    उक्त बेदकोट नगरपालिकामा वडा न. १,२,३,४,५,६,७,८,९,१० का करिब ८७५ घर धुरि र भिमदत्त नगरपालिकामा वडा नं. २,४,६,१०,११,१८ र १९ का करिब ३०० घर धुरि यस एनएमबि लघुवित शाखा कार्यालय लालपुरले कञ्चनपुर जिल्लामा बेदकोट नगरपालिका र भिमदत्त नगरपालिका मा कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।गन्डकी प्रदेश को पोखरा महानगरपालिका वडा नं. ८ न्युरोड कास्की मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।



    heralokhabar heralokhabar    
  • २३ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP