logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा वृद्धा आश्रमलाई सहयोग प्रदान

    पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा वृद्धा आश्रमलाई सहयोग प्रदान

     

    पोखरा ,हेरालाे खबर

    पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पोखरा वृद्धा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । गुरुङ समुदायको ल्होसार तथा पुस पन्द्रको अवसर पारेर विद्यार्थीहरुले पोखरा १७ सितापाईलामा रहेको वृद्धा आश्रमलाई दश हजार रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेका हुन् ।

    कास्की जिल्लाको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको सहयोग कार्यक्रमका संयोजक तथा विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष मनोज बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’ विद्यार्थीहरुले थोरै–थोरै रकम सङ्कलन गरेर समाजसेवामा जोडिएका हौं ।’

    पारिवारिक वातावरणमा अध्ययन/अध्यापन हुने यस क्याम्पसमा शैक्षिक पाठ्यक्रमका अलावा व्यवारिक ज्ञान र सामाजिक भावनामा पनि विकास गर्न आफूहरु सफल भएको भन्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीको सामाजिक जिम्मेवारीको बोधको प्रशंसा गर्नुभयो । पराजुलीले समाजमा अनुकरणिय कामका लागि विद्यार्थीहरुलाई शुभकामना दिनुभयो ।

    विद्यार्थीहरुले आश्रमका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख सिद्धि कुमार रेग्मीलाई सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । रेग्मीले सेवा र मानवीय धर्म नै ठूलो धर्म भएको भन्दै सहयोगको लागि विद्यार्थीहरुलाई कृतज्ञताज्ञापन गर्नु भयो ।

    वि.सं. २०५३ मा स्थापना भई विभिन्न आरोह-अवरोह पार गर्दै आएको पोखरा वृद्धा आश्रम हाल ४४ जना असहाय तथा जीवनको उत्तर्राद्धमा पुगेकाहरूका लागि साहारा बनेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १५ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP