हेरालाे खबर
एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) २०२३–२५ को फाइनल अर्को वर्ष हुनेछ।
त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले मंगलवार तेस्रो संस्करणको डब्लुटिसीको फाइनल इङ्ग्ल्यान्डको लर्ड्समा हुने जनाएको हो । फाइनल २०२५ जुन ११ देखि १६ सम्म हुनेछ ।
लिगको पहिलो संस्करण न्युजिल्यान्ड र ज दोस्रो अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो ।
लिगमा भारत ६८.५२ र अष्ट्रेलिया ६२.५० प्रतिशत अंकका साथ अहिले तालिकाको शीर्ष दुई टोलीका रुपमा रहेका छन् ।
न्युजिल्यान्ड ९ टोली सहभागी लिगको तेस्रो स्थानमा छ । आजै सम्पन्न सिरिजमा पाकिस्तानमाथि २- ० को ऐतिहासिक जित निकालेको बंगलादेश चौथो स्थानमा छ ।
इङ्ग्ल्यान्ड पाचौं र दक्षिण अफ्रिका छैठौं स्थानमा छन् । श्रीलंका सातौं, पाकिस्तान आठौं र वेस्ट इन्डिज पुछारमा छ । लिगको अंक तालिकाको शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।
इङ्ग्ल्यान्डले तेस्रो पटक डब्लुटिसीको फाइनल आयोजना गर्नेछ। पहिलो संस्करणको फाइनल साउथह्याम्पटनमा र दोस्रो संस्करणको फाइनल द ओभलमा भएको थियो।
प्रतिक्रिया