logo
  • १२ असार २०८३, शुक्रबार | Fri, 26 Jun 2026
  •  न्यु डायमन्डका दुबै टिमा फाइनलमा

    • heralokhabar heralokhabar
    • ९ असार २०८३ मंगलवार
     न्यु डायमन्डका दुबै टिमा फाइनलमा

    हेरालाे खबर

    काठमाडाैं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।

    मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको पहिलो सेमिफाइनलमा टिप टप न्यु डायमन्डले गणेश हिमाललाई २५–१८, २५–१० र २५–७ को सोझो सेटमा पराजित ग¥यो।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा न्यु डायमन्ड एकेडेमीले सरस्वती स्कुल, हेलम्बुलाई सीधा सेटमा २५–१७, २५–१२ र २५–१० ले हरायो।

    फाइनल बुधबार हुनेछ। शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ।



    heralokhabar heralokhabar    
  • ९ असार २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP