logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • प्रतिभा एजुकेशन फाउण्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने

    • Heralo Reporter Heralo Reporter
    • १४ चैत्र २०८१ बिहीबार
    प्रतिभा एजुकेशन फाउण्डेसनले एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने

    पाेखरा , हेरालाे खबर

    पोखराको शैक्षिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको प्रतिभा एजुकेशन फाउण्डेसनले अर्काे शैक्षिक संस्था एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउने भएको छ ।

    प्रतिभा एजुकेशनले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले यसै शैक्षिक सत्र (२०८२) देखि एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउन लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

    फाउण्डेसनद्वारा सञ्चालित प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौद्विक विकास र व्यक्तित्व निर्माणलाई सशक्त बनाउन प्रतिभा एजुकेशन मातहत नै रहने गरी एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउन लागिएको प्रतिभा एजुकेशन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।

    एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सवलीकरण गराउनु हो,उनले भने,‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टीम) र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नू हो ।’

    प्रतिभा एजुकेशन फाउण्डेसनका निर्देशक किरण सापकोटाले एभरग्रीन एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने बताए । उनले भने,‘हामी केवल पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौ, बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छौ ।’

    विद्यार्थीको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना बनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिने निर्देशक सापकोटाकाे भनाई छ ।

    अभिभावक र समुदायसँग निरन्तर संवाद र सहकार्य गरि सिकाईलाई कक्षाकोठामा मात्र सिमित नराखि जिम्मेवार नागरिक उत्पादनका लागि व्यावहारिक शिक्षामा पनि उत्तिकै जोड दिने निर्देशक सापकोटाले बताए ।

    विद्यालयमा हुने कार्यशाला र सामाजिक कार्यक्रमले विद्यार्थीलाई समुदायसँग जोड्ने र उनीहरुमा जिम्मेवारीपनको पनि बोध गराउने उनकाे भनाई छ ।

    हाल नर्सरी देखि कक्षा ५ सम्मको पठन पाठन गर्न सुरु गर्ने एकेडेमीकाे आगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म विस्तार गर्ने योजना छ । विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढ्न लिफ्टसहित अत्याधुनिक सेवासुविधा उपलब्ध गराइने एकेडेमीले जनाएको छ ।

    प्रत्येक कक्षामा २४ जनासम्म विद्यार्थी भर्ना गरिनेछ । अहिले भर्ना अभियान सञ्चालन भईरहेकाे छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाको संख्यालाई सीमित राखिएको विद्यालयले जनाएको छ ।

    अत्याधुनिक साइन्स ल्याब, कम्युटर ल्याब, हाइजेनिक खाजाको व्यवस्था, एसीसहितको बस सुविधा, सबै विद्यार्थीका लागि कपडा तथा किताब राख्ने दराजको व्यवस्था गरिएको छ ।

    पोखरा–३ तेर्सापट्टी रहेको उक्त एकेडेमीकाे ५० कराेड रुप‌ैयाँकाे लागतमा निर्माण गरिएकाे आफ्नै सुविधा सम्पन्न भवन रहेकाे छ ।



    Heralo Reporter Heralo Reporter    
  • १४ चैत्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP