logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • एनएमबि लघुबित्तले सुरु गर्यो आधारभूत लघुवित्त ब्यवस्थापन तालिम

    • heralokhabar heralokhabar
    • ५ चैत्र २०८२ बिहीबार
    एनएमबि लघुबित्तले सुरु गर्यो आधारभूत लघुवित्त ब्यवस्थापन तालिम

    हेरालो खबर, चैत्र ५, पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्था लि ले आधारभुत लघुवित्त ब्यवस्थापन तालिम कार्यक्रम सुरु गरेको छ । संस्थाले नवप्रवेशी प्रशिक्षार्थी सहायक कर्मचारीहरुको लागि उक्त प्रशिक्षण कार्याक्रम आयोजना गरेको र चैत्र ५ गते बर्दिवासबाट कार्यक्रम शुभारम्भ भएको संस्थाका जनशक्ति ब्यवस्थापन बिभाग प्रमुख सूर्य बहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार संस्थाको इटहरी, बर्दिवास र धुलिखेल प्रादेशिक कार्यालय मातहतका शाखामा कार्यरत कर्मचारीहरुलाई चैत्र ५ र ६ गते बर्दिवासमा, पोखरा प्रादेशिक कार्यालय मातहतका शाखामा कार्यरत कर्मचरीहरुलाई पोखरामा ८ र ९ गते तथा सिदार्थनगर, बिरेन्द्रनगर र धनगढी प्रादेशिक कार्यालय मातहतका शाखामा कार्यरत कर्मचारीलाई चैत्र १२ र १३ गते कोहलपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

    लघुवित्तका आधारभूत सिद्धान्तहरु, केन्द्र बैठकको सञ्चालन, संस्थाले सञ्चालन गरेका कर्जा तथा बचतका कार्यक्रमहरु, कर्मचारी बिनियमावली र कानुनी प्रावधान, बैंक तथा लघुवित्तका आधारभूत कार्यक्रमहरु लगाएत कर्मचारीले दैनिक कार्य गर्दा आवश्यक पर्ने ब्यवहारिक ज्ञान सीपका बिषयमा प्रशिक्षण प्रदान गरिने छ । प्रशिक्षण कार्यक्रममा संस्थाका प्रवन्धक राम प्रसाद भण्डारी, जनशक्ति ब्यवस्थापन बिभाग प्रमुख सूर्य बहादुर थापा, ब्यवसाय बिभाग प्रमुख प्रकाश रावल, सम्पर्क अधिकृत योगेन्द्र जि.सी लगाएतका कर्मचारीहरुले सहजीकरण गर्ने संस्थाले जानकारी दिएको छ ।


    यस्ता प्रशिक्षण कार्यक्रमले संस्थामा आवद्ध भएका कर्मचारीहरुलाई संस्थाको ब्यवसायिक गतिविधिको वारेमा सीप हासिल गर्न मद्धत पुग्नुको साथै समग्र बैंकिग क्षेत्रको ज्ञान हाँसिल हुने र ब्यवसायिक आचरण निर्माण गर्न मद्धत पुग्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले जानकारी दिनुभयो । संस्थाले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरुका लागि बेलाबेलामा आन्तरिक तथा बाह्य प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको र यसपालीको प्रशिक्षणमा पनि बिभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरु प्रशिक्षणमा सक्रियतापूर्वक सहभागी भई सीप सिकीरहेको संस्थाका प्रमुख कर्जा जोखिम अधिकृत राम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    पोखरा ८ न्यूरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लि ले देश भरीका १ सय ४८ शाखाबाट करिव १ लाख ५० हजार बढी बिपन्न परिवारमा वित्तिय सेवा पुर्याउदै आएको छ ।



    heralokhabar heralokhabar    
  • ५ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP