logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैको मुद्दा आज ‘हेर्न नमिल्ने’मा

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैको मुद्दा आज ‘हेर्न नमिल्ने’मा

    हेरालाे खबर

    सर्वोच्च अदालत पुगेका नेपाल विद्युत प्राधिकरणका बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट आज हेर्न नमिल्नेमा परेको छ ।

    दुवैको रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको थियो तर अहिले हेर्न नमिल्नेमा परेको हो ।

    अदालतका अनुसार विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएकाले रिट हेर्न नमिल्नेमा परेको हो।

    कुलमानले आफूलाई पुनर्वहालीको माग गर्दै रिट हालेका छन् भने शाक्यले पनि यसअघि आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै रिट दायर गरेका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • १७ चैत्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP