logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • क्षत्री समाज कास्कीद्वारा नयाँ वर्ष २०८२ को भित्ते पात्रो विमोचन र दूर्गा पूजन

    क्षत्री समाज कास्कीद्वारा नयाँ वर्ष २०८२ को भित्ते पात्रो विमोचन र दूर्गा पूजन

    पाेखरा , हेरालाे खबर

    क्षत्री समाज नेपाल, कास्कीले नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते पात्रो विमोचन गरेको छ । साथै दूर्गा पूजन र शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।

    सो क्यालेण्डरको समाजका केन्द्रिय अध्यक्ष रिब बहादुर थापा तथा विजय श्री कृष्णमूर्ति महाराजसहित समाजका महासचिव कृष्ण थापा, कास्की अध्यक्ष दिल बहादुर अधिकारी क्षत्री, कञ्चन थापा, हिरा भण्डारी लगायतले विमोचन गरे ।

    समाजले शनबिार नै चैते दशैंको दिन समाजको प्राङ्गणमा नवनिर्मित दूर्गा माताको मन्दिरमा पूजा र पाहुनालाई प्रसाद ग्रहण गराएकाे छ ।

    कार्यक्रमका प्रमुख अतिथि क्षत्री समाज नेपालाका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाले समाजलाई गतिशिल बनाउन आवश्यक भएको बताए । उनले वडा, महानगर, प्रदेश तथा राष्ट्रभरकै क्षत्रीहरु अँझ शसक्त, जुझारु, सनातन धर्म, संस्कार, संस्कृतिप्रति एकतावद्ध हुन जरुरी भएको बताए । जिल्ला समाजहरूमा अझैं कास्की जिल्ला उत्कृष्ट भएको बताउँदै असल काम गर्नका लागि शुभेच्छा व्यक्त गरे ।

    विजय श्री कृष्णमूर्ति महाराजद्वारा मन्दिर संरक्षणका लागि रू ५१ हजार दक्षिणा प्रदान र दर्शन कार्यक्रमका विशेष अतिथि विजय श्री कृष्णमूर्ति महाराजले शुरुमै भने, म यस्तै स्वभावको छु । बाहुनको छोरो भएपनि क्षत्रीको स्वभाव म मा रहेको छ । मेराे सबैजनमा काेटि हाेममा निमन्त्रणा छ है ।

    पोखरा १७ विरौटामा आयोजना हुन लागेकाे ऐतिहासिक कोटिहोममा सबैलाई निमन्त्रणा गर्दै भने, यो कोटि होम ऐतिहासिक हुनेछ । हाम्रो जीवनमा कहिल्यै भएको थिएन, न कहिल्यै हुनेछ । कार्यक्रममा देश विदेशका हजारौं व्यक्ति र साधकहरुको आगमनले पोखराको धार्मिक, सांस्कृतिक पर्यटनमा अतुलनिय योगदान पुग्ने बताए ।

    केहि समय अगाडी संयोजन नमिल्दा केहि असजिलो महशुस भएपनि अहिले सबैकुरा मिलेको, वडा, महानगर र प्रशासनबाट अनुमित प्राप्त भएकोले पछि घोषणा गरिएको स्थान विरौटामा नै कोटि हुने बताए । उनका अनुसार कोटि होममा २५ देखि ३० करोड खर्च हुने र लाखौं भक्तजनको सहभागिता हुने बताए ।

    सो अवसरमा विजय श्री कृष्णमूर्तिले नयाँ बजारस्थित क्षत्री समाजको प्राङ्गणमा रहेको दूर्गा माता मन्दिरको दर्शन गरी मन्दिरको संरक्षणका लागि रुपैयाँ ५१ हजार दक्षिणा स्वरुप प्रदान गरे ।

    समाका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाज देशका ६६ जिल्ला र देश बाहिर १२ शाखा रहेको जानकारी दिए । थापाले भने, हामी राष्ट्र, राष्ट्रियता, स्वाधिनता, समानता, समताका पक्षधर हौं । पूर्खाले सिमाको रक्षा गरे, देश जोगाउन, एक हुन पहल गरे तर पछिल्ला समयमा हामीलाई विभिन्न कारणहरुले आरक्षणको नाममा पछि पारिदैछ ।

    हाम्रा छोराछोरीहरुलाई स्थानबिहिन बनाउन खोजिएको छ । हाम्रा मागहरुका लागि राज्यसंग लड्नु पर्नेछ । ति मागहरुको परिपूरणको लागि हामी बलियो हुन जरुरी छ । देशको ठूलो हिस्सा ओगटेको क्षत्री जातिलाई गरिने अपमान र थिचोमिचाे सह्य नहुने थापाको भनाई थियो ।

    नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले समाज आफ्नो संस्कार, संस्कृति, भेषभुषा र पहिचानका लागि अडिग हुनुपर्ने र पुस्तान्तरण हुँदै जानुपर्ने बताईन् ।

    यसअघि कार्यक्रममा सहभागिलाई भित्रे पात्रो प्रकाशन समितिका संयोजक हिरा भण्डारीले स्वागत गरेकी थिईन् । समाजका सचिव भरत थापा क्षत्रीको संचालनमा रहेको कार्यक्रमको अध्यक्षता क्षत्री समाज कास्कीका अध्यक्ष दिल बहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २३ चैत्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP