logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • माननिय कार्की द्वारा डुवान क्षेत्रको अवलोकन, तत्कालै तटवन्धन गर्ने प्रतिबद्धता

    • Heralo Reporter Heralo Reporter
    • २९ आश्विन २०८१ मंगलवार
    माननिय कार्की द्वारा डुवान क्षेत्रको अवलोकन, तत्कालै तटवन्धन गर्ने प्रतिबद्धता

    नवलपुर  , हेरालाे खबर

    नवलपुर क्षेत्र नं २का प्रतिनिधी सभा संघिय माननिय विष्णु कुमार कार्कीले मंगलबार नारायणी नदिले डुवान गरेको मध्यविन्दु २ मा अवलोकन गर्नुभएको छ ।

    अवलोकन पस्चात कटान तथा डुवान गरेको क्षेत्रमा तत्कालै तटबन्धन गरि पिडीतलाई राहतको लागी आफुले सम्बन्धित निकायमा पहल गरि यथासक्य छिटो समस्या समाधान गर्ने बताउनुभएको छ ।

    स्वास्थ्यमा समस्या आएपछी आफु उपचारको लागी अस्पतालमा बसीरहनुपरेकाले गत फागुन महिना देखी आफु यस क्षेत्रमा उपस्तिथ हुन नसकेको र अव क्षेत्र नं २ का जनताको सुख दुखमा संगै साथैमा रहनको लागी आफु उपस्थित भएको पनि वताउनु भयो।

    माननिय कर्की डुवान पिडितको लागी तत्काल आवस्यक पर्ने खाद्य सामाग्री तथा ग्याँस सिलिन्डर पनि उपलब्ध गराउनु भएको थियो ।

    अवलोकनमा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश का सदस्य सचिव श्रीधर शर्मा, स्वकीय सचिव राजु पाण्डे, समाजसेवि जित बहादुर थापा, समाजसेवि नारायण कार्की राजेश के.सी. नारायाण महतो, मध्यविन्ुद २ तथा १५ का पूर्व वडाध्यक्ष द्वय नारायल पौडेल तथा जोग बहादुर महतो, जामुनराम महतो लगायतको उपस्थिती रहेको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • २९ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP