logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • एनपीएलको पहिलो खेलमै पोखरा एभेञ्जर्सको लज्जास्पद हार

    • Heralo Reporter Heralo Reporter
    • १८ मंसिर २०८१ मंगलवार
    एनपीएलको पहिलो खेलमै पोखरा एभेञ्जर्सको लज्जास्पद हार

    पोखरा  , हेरालाे खबर

    पोखरा एभेञ्जर्सले नेपाल प्रिमियर लिगको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । आज भएको प्रतिस्पर्धामा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो । योसँगै चितवनले लगातार दोस्रो जित हासिल गरेको छ । यसअघि चितवनले काठमाडौं गुर्खाजलाई हराएको थियो ।

    चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा जम्मा १३दशमलव२ ओभर खेलेर ७४ रनमा अलआउट भयो ।

    पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।

    चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए । रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

    सुरुआती ४ ओभरमै तनविर र रिजनलले धारिलो बलिङ गर्दै ३-३ विकेट लिँदा पोखराले ६ विकेट गुमाएको थियो । त्यसपछि म्याट र नारायणले केही सम्हाल्न खोजेपनि पूरा ओभर टिक्न सकेन ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपारको अर्धशतक मदतमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

    बोपाराको ३८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए । लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।



    Heralo Reporter Heralo Reporter    
  • १८ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP