logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली घोषणा

    च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली घोषणा

    हेरालाे खबर

    एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ ।

    अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ ।

    अफगानिस्तानले पाकिस्तानका पूर्व ब्याटर युनिस खानलाई मेन्टरको रुपमा अनुबन्ध गरिएको छ । एसिबीले तेस्रो पटक ग्लोबल प्रतियोगिताका लागि आयोजक देशबाट मेन्टर नियुक्त गरेको छ ।

    अफगानिस्तानले भारतमा सन् २०२३ मा भएको एक दिवसीय विश्व कपमा अजय जडेजालाई मेन्टर नियुक्त गरिएको थियो । त्यस्तै गत बर्ष वेस्ट इण्डिजमा भएको टि ट्वान्टी विश्व कपमा ड्वेन ब्राभोलाई बलिङ सल्लाहकारको नियुक्त गरिएको थियो ।

    फेब्रुअरी २१ मा कराँचीमा दक्षिण अफ्रिकासँग खेल्दै अफगानिस्तानले च्याम्पियन्स ट्रफीको सुरुवात गर्नेछ । अफगानिस्तानले समूह चरणका अन्तिम दुई खेल इङ्ल्यान्ड र अस्ट्रेलियासँग लाहोरमा खेल्नेछ ।

    अफगानिस्तान क्रिकेट टोली

    हशमतुल्लाह शाहिदी (कप्तान), रहमत शाह (उपकप्तान), रहमानुल्लाह गुरबाज, इकराम अलीखिल, इब्राहिम जादरान, सेदीकुल्लाह अटल, अजमतुल्लाह उमरजई, मोहम्मद नबी, गुलबदीन नैब, राशिद खान, अल्लाह गजानफर, नूर अहमद, फजल हक फारूकी, नवीद जादरान र फरीद अहमद मलिक ।



    Heralo Reporter Heralo Reporter    
  • २९ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP