logo
  • २९ भाद्र २०८३, सोमबार | Mon, 14 Sep 2026
  • दीप हाउजिङका तमु परिवारले भेटेकोशी बाढी पीडितका लागि ३ लाख ४२ हजार राहत

    • heralokhabar heralokhabar
    • २९ भाद्र २०८३ सोमबार
    दीप हाउजिङका तमु परिवारले भेटेकोशी बाढी पीडितका लागि ३ लाख ४२ हजार राहत

    हेरालाे खबर

    पोखरा ।भोटेकोशी बाढी पीडित/प्रभावितहरुलाई राहत एवम पुनर्स्थापनाका लागि तमु धिं नेपालले संचालन गरेको राहत संकलन अभियानमा पोखरा १६ दीप हाउजिङका तमुहरुले साथ दिएकाछन ।
    मुलुकमा बिपदका बेला एकमुष्ठ राहत सहयोग गर्ने तमु धिं नेपालको अभियानमा दीप हाउजिङ समाज तमु परिवारले ३ लाख ४२ हजार ५५ रुपैया राहत रकम हस्तान्तरण गरेको हो। उक्त रकम दीप हाउजिङ व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वरिष्ठ समाजसेवी मेजर हितमान गुरुङ नेतृत्वको तमु परिवारले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई हास्तान्तरण गरिएको थियो।


    राहत रकम हास्तान्तर गर्नुहुदै मेजर हितमान गुरुङले भेटेकोशी बाढीले बिपदको बेला तमु समुदायको मातृ संस्था तमु धिं नेपालले उदाहरणीय अभियान संचालन गरेकाले दीप हाउजिङमा बसोबास गर्ने ४० तमु परिवारबाट सानो राहत रकमसहित हालेमालो गरेको बताउनुभयो। राहत रकम संकलनका लागि दीप हाउजिङका सचिव क्याप्टेन मिनजङ्ग गुरुङको बिशेष भुमिकालाई धन्यवाद दिनुहुदै आगामी दिनमा तमु धिं नेपालसंग अझ निकट रहेर अघि बढ्ने मेजर गुरुङको भनाई थियो।
    राहत रकम ग्रहण गर्दै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले दीप हाउजिङमा बसोबास गर्ने सम्पुर्ण सहयोगी तमुहरुलाई धन्यवाद व्यक्त गर्नुभयो। बिपदको बेला संस्थाहरु एवम नागरिकले पनि सहयोग गर्नुपर्ने दायित्वलाई आत्मसात गर्दै तमु धिं नेपालले संकलित एकमुष्ट राहत सहयोग छिट्टै सबै सहयोगीहरुको विवरणसहित हस्तान्तरण गर्ने, दुखमा पनि सुखमा पनि तमु धिं नेपाल साथै रहने प्रतिवद्दता व्यक्त गर्नुभयो।



    heralokhabar heralokhabar    
  • २९ भाद्र २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP