logo
  • ३२ जेष्ठ २०८२, शनिबार | Sat, 14 Jun 2025
  • व्यवसायिक तालिम केन्द्रको उद्धघाटन कार्यक्रम सम्पन्न

    व्यवसायिक तालिम केन्द्रको उद्धघाटन कार्यक्रम सम्पन्न

    पोखरा , कास्की
    हेरालाे खबर ,शुभ अवसर ग्राम नेपालले महिला तथा किशोरीहरुको व्यवसायिक सिप विकास गर्न पो.न.म.पा २५ हेमजामा स्थापना गरेको व्यवसायिक तालिम केन्द्रको उद्घाघाटन पोखरा महानगरपालिकाकि उप प्रमुख मंजु देवी गुरुङले गर्नु भएको छ । उक्त तालिम केन्द्रले ३ महिने कम्पुटर तालिम र ६ महिने सिलाइ कटाई र ब्युटी पार्लरको तालिम प्रदान गर्ने संस्थाका प्रतिनिधिले बताउनु भएको छ । तालिम केन्द्रले वर्षमा ७० जनालाई कम्पुटर , २० जना सिलाइ कटाई र १० जना लाइ ब्युटी पार्लरको तालिम प्रदान गर्ने छ ।

    संस्थाकि निर्देशक अन्थोनिया सूसईले संस्थाको परिचय दिदै शुभ अवसर ग्राम नेपालले अन्तरिक तथा सीमापार मानव बेचबिखन प्रभावितहरुको संरक्षण गर्दै आएको बताउनु भयो । त्यसैगरिम परिवरतनका लागि शिक्षा तथा सशक्तिकरण नै मुख रानानिता रहेको जानकारी गराउदै सो का लागि संस्थाले सरकारी तथा गैर सरकारी संस्थाको समन्यव गर्ने गरेको बताउनु भयो । संस्थाले नेपाल को तीन वटा जिल्ला काठमाडौँ , कास्की र रुपन्देहीमा कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
    कार्यक्रममा शुभकामान संदेश दिदै पो.न.पा वार्ड नं २५ कि कार्यवाहक अध्यक्ष तारा बिश्वोकर्माले बिगतमा आफुले पनि संस्था बाट झोलसाबुन बनाउने तालिम लिएको र अहिले सुबिधा सम्पन्न तालिम केन्द्रनै स्थापना भएकोमा खुसि व्यक्त गर्नु भयो । यो तालिम केन्द्रले महिला हरुलाई सिप प्रदान गरि आर्थिक सशक्तिकरण गर्न ठुलो योगदान दिने बत्ताउनु भयो । त्यसै गरि शुभकामान संदेश दिदै मिलिजुली आमा समूहकि अध्यक्ष सकुन्तला पाहारीले पनि आफुले बिगतमा संस्थाबाट तालिम प्राप्त गरेको र महिलाहरुको समुह बानाइँ झोल साबुन उत्पादन गरि आयआर्जन गर्ने गरेको बताइन ।
    अर्का अतिथि पो.म.न पा का सामाजिक विकास महासाखा प्रमुख निर्मला शर्माले दात्री निकायका पल र ओडिललि विनासकारी भूकम्पक कारण नेपालमा आफ्नो छोरा र बुहारी गुमाउनु परको र वहारूले शोक लाइ शक्तिमा परिवर्तन गर्दै तालिम केन्द्र स्थापन गर्न आर्थिक सहयोग गरेकोमा धन्यबाद दिनु भयो । साथै शुभ अवसर ग्रामले पोखरा महानगर पालिकासंग समन्वयमा काम गर्ने गरेको बताउनु भयो ।

    क्रार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उप प्रमुख मंजु देवी गुरुङले महानगरले र शुभ अवसरग्राम संग सहकार्य गर्ने बताउनु भयो । साथै वहाले लक्षित वर्ग कार्यक्रम अंतरगत महिला तथा किशोरीहरुले व्यवसाय संचालन गर्न ऋण प्राप्त गर्न सक्ने जानकारी समेत दिनु भयो । उपप्रमुख गुरुङले तालिम केन्द्रको सफलता पुर्वक सन्चालका लागि शुभकमान व्यक्त गर्नु भयो । अन्त्यमा संस्थाका उपाध्यक्ष कृष्ण बहादुर बोगटीले शुभावसर ग्रामले जोखिम अवस्थामा रहेका महिला तथा किशोरीहरुलाइ निरन्तर सहयोग गर्ने र सम्पूर्ण सरकारी तथा अन्य सरोकार वालाहरु संग सहकार्य गर्ने बताउनु भयो । सम्पूर्ण अतिथि तथा सम्हागीहरुलाई धन्यबाद दिदै कार्यक्रम समाप्त भएको थियो ।


    उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाकि उप प्रमुख मंजु देवी गुरुङ, कार्यक्रमको अध्यक्षता संस्थाक उपाध्यक्ष कृष्ण बहादुर बोगटीले गर्नु भएको थियो भने कार्यक्रमका अन्य अतिथि पो.म.न पा. वार्ड नं २५ का कार्यवाहक अध्यक्ष तारा बिश्वोकर्मा , वडा सदस्य कृष्ण कुँवर , पो.म.न पा का सामाजिक विकास महासाखा प्रमुख निर्मला शर्मा हुनुहुन्थ्यो ।तालिम केन्द्रको स्थापनाका लागि भिलेज अन्डर स्टार नामक फ्रान्सको अन्तराट्रिय गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको हो । कार्यक्रको संचालन शुभ अवसर ग्राम नेपालका कार्यक्रम व्यवस्थापक विकाश ढुंगानाले गर्नु भएको थियो ।



    Heralo Reporter Heralo Reporter    
  • ११ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP