logo
  • ३१ भाद्र २०८३, बुधबार | Wed, 16 Sep 2026
  • रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले काभा क्लब च्याम्पियनसिप खेल्ने

    • heralokhabar heralokhabar
    • ३१ भाद्र २०८३ बुधबार
    रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले काभा क्लब च्याम्पियनसिप खेल्ने

    हेरालाे खबर

    काठमाडौं। रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले काभा क्लब च्याम्पियनसिप खेल्ने भएको छ।

    प्रतियोगिता आगामी कात्तिक १५ देखि २१ गतेसम्म भारतमा आयोजना हुने भएको हो।

    प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ च्याम्पियन बनेसँगै रुकुम पश्चिमले काभा क्लब च्याम्पियनसिपमा स्थान बनाएको हो। रुकुम पश्चिमले फाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।

    रुकुम पश्चिमको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। क्लबले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत सहभागिता जनाउने पुष्टि गरेको छ।

     



    heralokhabar heralokhabar    
  • ३१ भाद्र २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP