logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • गण्डकी खोलामा पुल नभएपछी विद्यार्थीलाई सास्ती

    • Heralo Reporter Heralo Reporter
    • ३१ श्रावण २०८१ बिहीबार
    गण्डकी खोलामा पुल नभएपछी विद्यार्थीलाई सास्ती

    खोलामा पुल नभएपछि विद्यालय पुग्न नै विद्यार्थीहरुले सास्ती खेप्नुपरेको छ । केदारस्युँ गाउँपालिकाको कैलाश माध्यमिक विद्यालय, लोतुमा अध्ययनरत विद्यार्थीले सास्ती भोग्नुपरेको हो ।

    ‘विद्यालय पुग्न गण्डकी खोला पार गर्नु पर्छ । खोलामा पुल छैन् । पानी पर्दा भेल आउँछ । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक पटक लडिन्छ’ कक्षा १० मा अध्ययनरत छात्रा पवित्रा जोशीले दुखेसो पोख्नु भयो । कैयौँ पटक किताब झोला भिज्छ, साथीहरु चोट पटक लागेर घाइते हुने भएको उहाँले बताउनु भयो ।

    खोला पारिका करिव ५० बालबालिका विद्यालयमा अध्ययन गर्ने गरेको विद्यालयका शिक्षक महेश जोशीले बताउनु भयो । वर्षा भयो भने बाढीका कारण बालबालिकाहरु जोखिम मोल्दै विद्यालय पुग्नु पर्ने बाध्यता रहेको र मल्लेसी, भलात, धरायन, खेती, सिलम्मीलगायतका बस्तीलाई जोड्ने खोलामा पुल नहुँदा बालबालिका मात्र नभई स्थानीयले समेत सास्ती खेप्दै आउनु भएको उहाँले बताउनु भयो ।

    पुल नहुँदा वर्षायाममा आवतजावत गर्न सास्ती खेप्नुपरेको छ । गएको साता विद्यालय जाने क्रममा हिलोमा चिप्लिएर केही विद्यार्थी घाइते समेत हुनुभएको कक्षा ८ मा अध्यनरत छात्र मनोज जोशीले गुनासो गर्नु भयो ।

    पुल निर्माणको लागि वडाले गाउँपालिकासँंग छलफल गरेको भए पनि हाललाई निर्माण गर्ने उपयुक्त ठाउँ नभेटिएकाले जनप्रतिनिधी सहित स्थानीयहरु मिलेर काँठको साँघु हालेको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष सुरेश जेठाराले बताउनु भयो ।

    सो स्थानमा लामो पक्की पुल आवश्यक हुनेभएकोले गाउँपालिकाको बजेटबाट सम्भाव नहुने भएपछि प्रदेश सरकारसँग माग गरिएको भए पनि हालसम्म सुनवाई हुन नसक्दा बालबालिका तथा स्थानीयहरुले समस्या भोग्नु परेको केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बोहराले बताउनु भयो ।



    Heralo Reporter Heralo Reporter    
  • ३१ श्रावण २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP