logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • पोखरा बहुमुखी क्याम्पसमा कविता वाचन प्रतियोगिता

    • Heralo Reporter Heralo Reporter
    • ३२ श्रावण २०८१ शुक्रबार
    पोखरा बहुमुखी क्याम्पसमा कविता वाचन प्रतियोगिता

     

    पोखरा ३२ श्रावण , हेरालाे खबर

    पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले वार्षिक शैक्षिक क्यालेण्डर अनुसारको कविता वाचन प्रतियोगिता कार्यक्रम गरेको छ । प्रतियोगिता क्याम्पसमा रहेका विद्यार्थी संगठनहरु नेचर क्लाव , विद्यार्थी गुणस्तर सर्कल र विद्यार्थी कल्याणकारी संघले संयुक्त रुपमा आयोजना गरेका हुन्।

    शुक्रबार (आज) आयोजित कविता प्रतियोगितामा बिए र बिबिएसमा अध्ययनरत ८ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिहरुले कवितामा देशप्रेम, प्रकृति चित्रण, मातृत्व, यथार्तता र समसामायिकताको चित्रण गरेका थिए ।

    कविता प्रतियोगितामा बिबिएस प्रथम वर्षकी सुरक्षा तिवारीले प्रथम स्थान, बिए दोश्रो वर्षकी प्रनिषा गुरुङले द्वितीय स्थान र बिबिएस दोश्रो वर्षकी सिता थापाले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका उत्कृत ३ जनालाई कलम, डायरी र प्रमाण पत्र तथा सबै प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा क्याम्पस प्रमुख शिशुकला पराजुली, मानविकी संकाय प्रमुख पुष्पराज अधिकारी, बिए तेश्रो वर्षमा अध्ययनरत विवेक गौतम र बिए प्रथम वर्षमा अध्ययनरत शुशिल खनालले कविता वाचन गरेका थिए । यस्तै बिए दोश्रो वर्षमा अध्यनरत सुर्य सुनार र सृष्टि थापाले गीत गायर मनोरञ्जन गरेका थिए ।



    Heralo Reporter Heralo Reporter    
  • ३२ श्रावण २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP