हेरालो खवर । पोखरा २३ । वित्तीय सेवा प्रदान गर्दै आएको एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेड पछिल्लाे समय सामाजिक कार्यमा पनि सक्रिय बनेकाे छ । संस्थाले कास्की जिल्लाको ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने पुम्दीकोट महादेव मन्दिरमा त्रीसिटर कुर्ची बितरण गरेको छ । आइतवार एक कार्यक्रम गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको पोखरा स्थित पोखरा प्रादेशिक कार्यालय मार्फत उक्त सहयोग गरिएको हो ।

मन्दिरमा दर्शन गर्न पुग्ने तिर्थयात्रीलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले तीन सिट क्षमताका दुई थान कुर्ची प्रदान गरेको पोखरा प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख रामचन्द्र पौडेलले हेरालो खवरलाई जानकारी दिनुभयो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे, शाखा सञ्चालन तथा सामान्य सेवा बिभाग प्रमुख आनन्दराज पौडेल, पोखरा प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख रामचन्द्र पौडेल, पुम्दीभुम्दी शाखाका शाखा प्रमुख अनिता थिंङ, कर्मचारी लक्ष्मण ओझा र कबिता बटलाको उपस्थिति रहेको थियो । संस्थाले प्रदान गरेको सहयोग सामग्री पुम्दीकोट शिब मन्दिर (पुम्दीभुम्दी) मन्दिर व्यवस्थापन समितिका ब्यबस्थापक श्री रुद्रनाथ पौडेल र सोही संस्थाका सदस्य श्री उषा बरालले ग्रहण गर्नुभएको थियो ।
पोखरा ८, न्यूरोडमा केन्द्रीय कार्यालय रहेको संस्थाको पोखरा १७ छोरेपाटनमा शाखा कार्यालय रहेको छ । सो क्षेत्र वरिपरिका स्थानिवासीलाई संस्थाले वित्तीय सेवा प्रदान गर्दे आइरहेको छ । पछिल्लाे समय देशका बिभिन्न ठाँउमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सहयाेगका कार्यक्रमहरू सञ्चालन गरिरहेकाे संस्थाका सामान्य सेवा तथा शाखा सञ्चालन बिभागका बिभागीय प्रमुख आनन्द पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया